मेलबर्न । अष्ट्रेलियाको क्यानबेरामा आतंकवादी विस्फोट भएको छ । क्यानरवेरास्थित अष्ट्रेलियन क्रिश्चियन लबीको कार्यालयमा एउटा भ्यान ठोक्काएर आक्रमणको प्रयास भएको अष्ट्रेलियन समाचार एजेन्सीहरुले जनाएका छन् ।

उक्त भ्यानभित्र विस्फोटक ग्याँस सिलिण्डरहरु रहेको बताइएको छ । कार्यालयका म्यानेजिङ डाइरेक्टरले विस्फोटमा जलेर नष्ट भएको भ्यानको तस्वीरहरु ट्वीटर मार्फत सार्वजनिक गरेका छन् । कार वम विस्फोटको प्रयास भएको प्रहरीले अनुमान गरेको छ । बुधवार राति १०ः४५ बजे अष्ट्रेलियन क्रिश्चियन लबीको कार्यालयमा उक्त भ्यान ठोक्काइएको थियो । तर कार्यालयका सबै कर्मचारीहरु सकुशल रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

क्रिश्चियन धर्म र सरोकारका विषयमा कार्य गर्ने सरकारी मन्त्रालय स्तरको उक्त कार्यलयमा मुसलमान आतंकवादीहरुबाट आक्रमणको प्रयास भएको अनुमान गरिएको छ । हालसम्म कसैलाई पक्राउ गरेका छैनन् । गम्भीर घाइते भएका भ्यानका चालकको उपचार भैरहेको बताइएको छ । उनी ३५ वर्षको रहेको र अष्ट्रेलियामै बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

उक्त कार्यालयले पछिल्लो समय समलिंगी विवाहको विरुद्ध अभियानहरु सञ्चालन गरिरहेको समाचार एजेन्सीहरुले लेखेका छन् । त्यसको विरोध गर्दै कार्यालयलाई धेरैपटक चेतावनीहरु आएको बताइएको छ ।

तर प्रहरीले भने आक्रमणमा अहिलेसम्म कुनै राजनीतिक वा धार्मिक उदेश्य रहेको नखुलेको दाबी गरेको छ ।

Photo Source : 7News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments