मेलबर्न । अष्ट्रेलियामा बस्दै आएका युवा गायक नरेन कुलुङको स्वर रहेको तिम्रो माया लाग्दैन भन्न पनि सक्दिनँ म, तिमलाई माया गर्ने मान्छे बन्न पनि सक्दिनँ मको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

kulung

अष्ट्रेलियामै रहेका निष्प्रभ सजीको शब्द तथा भानुभक्त ढकालको संगीत रहेको यो गीत अष्ट्रेलियाबाट केही समय अघि सार्वजनिक भएको “उड़ान“ एल्बममा संग्रहित छ । उक्त एल्वममा अष्ट्रेलियामा रहेका छ जना गायक गायिका ईश्वर पोखरेल, समीर आचार्य, संजीब पराजुली, सुजाता उपाध्याय र मोक्षदा सिलवालको स्वरमा रहेका गीतहरु समावेश छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-ausअष्ट्रेलियामै निर्माण गरिएको तिम्रो माया गीतको म्यूजिक भिडियोमा आशिका सेढाई र अभिआर अधिकारीले अभिनय गरेका छन् । मोडल आशिकाको यही महिना रिलिज भएको यो दोस्रो म्यूजिक भिडियो हो । यो भिडियोमा उनी अझ सुन्दर देखिनुका साथै अभिनय पनि सुधारोन्मुख देखिएको छ । भिडियोमा सञ्जोग नेपाल र शतिस श्रेष्ठको पनि अतिथि भूमिका रहेको छ ।

एएलपी इन्टरटेन्टमेन्टका लागि मनोज अधिकारीले निर्देशन गरेको भिडियोको सम्पादन भने प्रविण श्रेष्ठको छ ।

२०५७ सालको बाल गीत प्रतियोगिताबाट औपचारिक संगीत क्षेत्रमा प्रबेश गरेका गायक नरेन कुलुङले दर्जनौं गीतहरुमा आफ्नो स्वर दिइसकेका छन् ।

Comments

comments