मेलबर्न । अष्ट्रेलियामा डिग्री वा अध्ययन सकिसकेपछि छुट्टै उत्साहको सञ्चार हुन्छ । त्यसपछि पूरै समय काममा लाग्न पाउँनुको मज्जा वेग्लै हुन्छ । तर पढाइ सकिसकेपछि पनि राम्रो र खोजे जस्तो काम नपाएर धेरै अन्तराष्ट्रिय विद्यार्थीहरु निराश भैरहेको अवस्था पनि छ । विशेष गरेर नेपाल,भारत जस्ता वहुसांस्कृतिक मुलुकबाट आएका विद्यार्थीहरु अझ बढी यस्तो समस्यामा पर्ने गरेको स्वयम् विद्यार्थीहरु नै गुनासो गर्दछन् । त्यसो त अष्ट्रेलियामा १५ देखि २४ वर्ष उमेर समूहका युवाहरुमा १२.२ प्रतिशत त बेरोजगार छन् । अष्ट्रेलियाको युवा जनशक्तिको २५ प्रतिशत शरणार्थी अथवा प्रवासीहरु रहेका छन् ।

फरक भाषा र संस्कृति भएको देश वा समुदायबाट आएका युवाहरुलो पढाई सकेपनि काम पाउन निकै झण्झट भोग्नुपरेको अध्ययनले देखाएको छ । यसको कारण के होला त ? धेरै जना यो प्रश्नको उत्तर जान्न चाहन्छन् । ताकि त्यसमा सुधार गरेर काम खोज्न सहज होस् ।
त्यसैले व्ज्ञिहरुको विचारमा आधारित रहेर अन्तराष्ट्रिय विद्यार्थीहरुलाई काम पाउन कठिन हुनुका ५ कारणहरुबारे यहाँ चर्चा गर्दैछौं ।

कारण नम्बर १ : अँग्रेजी भाषामा कम दक्षता हुनु

अष्ट्रेलियामा काम पाउन पहिलो आधारभूत योग्यता भनेकै अँग्रेजी भाषा हो । त्यसैले विज्ञहरु भन्छन्–तपाईले काम खोज्न जाँदा तपाईले आइएलटिएसमा पाउनुभएको स्कोरबारे खुलस्त उल्लेख गर्नुहोस् । यसले तपाईको आवेदन स्वीकृत हुने समभावना बढी रहन्छ ।
यदि तपाईलाई आफ्नो अँग्रेजी भाषाप्रतिको दक्षतामाथि आत्मविश्वास छैन भने पनि नआत्तिनुहोला । किन विभिन्न पुस्तकहरु पढेर,नेटमा खोजेर वा घरमा अभ्यास गरेर त्यसलाई बढाउन सकिन्छ ।

कारण नम्बर २ :  अष्ट्रेलियाको श्रमबजारमा रहेको भेदभाव

सुन्दा वा पढ्दा अचम्म लाग्छ कि अष्ट्रेलियामा पनि भेदभावपूर्ण व्यवहार हुन्छ । तर सत्य यही हो धेरै भुक्तभोगीहरु यसै भन्छन् । अष्ट्रेलियामा विशेष गरेर रंग,वर्ण र अनुभवको आधारमा भेदभाव हुने गरेको छ । कतिसम्म भने तपाईको नामले पनि धेरै फरक पार्दछ ।

कारण नम्बर ३ :  कुनै पेशामा दक्षता नहुनु वा पूर्व अनुभवको कमी हुनु

यदि तपाईसँग पहिले काम गरेको अनुभव छैन वा थोरै छ भने पनि तपाईले काम पाउन सक्ने सम्भावना न्यून रहन्छ । यस्तै कुनै कामप्रति दक्षता नहुनेलाई पनि कठिन हुन्छ । त्यसैले यस्ता व्यक्तिहरुले सम्बन्धित समुदाय लक्षित कामहरु गर्नु उपर्युक्त हुन्छ । यस्ता व्यक्तिहरु अँग्रेजी भाषा नचाहिने कर्नर स्टोर,फाष्टफुड चेन र लोकल कम्युनिटी विजनेश जस्ता कामहरुका लागि मात्र योग्य हुन्छन् ।

कारण नम्बर ४ : अष्ट्रेलियाको सिस्टम,रोजगार क्षेत्र वा अन्यबारे कम जानकारी हुनु

करियर एक्सपर्टहरुको सुझाव छ –अष्ट्रेलियामा पहिलेदेखि अर्थात लामो समयदेखि बस्दै आएका व्यक्तिहरुसँग कामको बारेमा सल्लाह र परामर्श लिनु बुद्धिमानी हुन्छ । किनभने उनीहरुलाई अष्ट्रेलियाको सबै सिस्टमबारे ज्ञान हुन्छ । जस्तै कहाँ कस्तो काम पाइन्छ ? त्यहाँको नियम के छ ? भन्नेबारे उनीहरुलाई पूर्ण जानकारी हुन्छ । त्यसैले साथीभाइ र आफन्तहरका अनुभव र सुझाव निकै फलदायी हुनसक्छ ।
अर्को कुरा शुरुमा भोलेन्टियर काम गरेर पनि कामको अनुभव र सम्बन्ध विकास गर्न सकिन्छ ।

कारण नम्बर ५ : सामाजिक सञ्जालको अभाव

अष्ट्रेलियामा नयाँ आउनेहरुले सबैभन्दा बढी अनुभव गर्ने कुरा नै यही हो । यहाँ कसैसँग सम्पर्क नहुँदा अथवा चिनेजानेकाहरु नहुँदा निकै कष्ट भोग्नुपरेको अनुभव धेरैसँग होला । यस्तै जसको साथीभाइ,आफन्त वा इष्टमित्रहरु धेरै छन् उनीहरुले नै काम पनि छिटो पाउँछन् । किनभने उनीहरुलाई खबर गर्ने र चासो,चिन्ता गर्ने धेरै हुन्छन् । यस्तो अवस्थामा एउटा न एउटाले त कामको बारेमा जानकारी उपलब्ध गराइहाल्छ । त्यसैले अष्ट्रेलियामा आएपछि एकलकाँटे वा अन्तर्मूखी बानी छोडेर सकेजति धेरै जनाको सम्पर्कमा बस्नु बढी फाइदाजनक हुन्छ ।

-हिमालयन कङ्गारु करियर डेस्क

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments