एजेन्सी । बलिउड अभिनेत्री करिना कपुरलाई पुत्रलाभ भएको छ ।

अभिनेता सैफअलि खानका पत्नी करिनाले मंगलवार विहान ७ :३० बजे पुत्रलाई जन्म दिएकी हुन् । उनले डाक्टरहरुले दिएको दिन २० डिसेम्वरमै मुम्बईस्थित ब्रिज क्याण्डी अस्पतालमा बच्चा जन्माएकी हुन् ।

kareena-twitअस्पतालमा करिनाकी दिदी करिश्मा कपुर,सैफकी आमा शमिला टैगोर सहित दुवै परिवारका प्राय सबै सदस्य पुगेका थिए । डाक्टरहरुले आमा र बच्चा दुवै स्वस्थ्य रहेको बताएको बलिउड न्यूज एजेन्सीहरुले जनाएका छन् ।

सैफअलि खानको यो तेस्रो बच्चा हुन् । उनका पूर्व श्रीमति अमृता सिंहको तर्फबाट एक छोरा र एक छोरी छन् । दुवैजना हुर्किसकेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments