मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियन नेपाली फुटबलमा मात्र होइन सिंगो अष्ट्रेलियाभरिकै नेपाली फुटबलप्रेमीहरुबीच चिरपरिचित खेल व्यक्तित्व हुन् सुरज श्रेष्ठ । त्यति मात्र होइन अष्ट्रेलिया आउनु अघि नेपालमा पनि उनी फुटबल खेलाडीकै रुपमा परिचित थिए ।

फुटबल खेलाडी पिता र दाजुको प्रभावमा सानै उमेरदेखि फुटबल खेल्न थालेका श्रेष्ठ अखिल नेपाल फुटबल संघ एन्फाको दोस्रो ब्याचका प्रोडक्ट हुन् । हाल भने उनी अष्ट्रेलियाको भिक्टोरियन क्लब युनाइटेड एफसीबाट खेल्छन् । यहाँ हुने हरेक टुर्नामेन्टमा सबैले खोजी गर्ने र हेर्न रुचाउँने खेलाडीमा समेत पर्छन् सुरज । सन् २०१३ र २०१६ मा गरि दुई पटक प्लेयर अफ द इयरको अवार्ड जितिसकेका सुरज यहाँका दर्शकहरुको मन जित्न मात्र होइन थुप्रैपटक आफ्नो टिमलाई जिताउँन पनि सफल खेलाडी हुन् । त्यसैले उनलाई भिक्टोरियन नेपाली फुटबलका सूर्य अर्थात सुरज भनेर पनि भन्ने गरेका छन् । प्रस्तुत छ उनै सुरज श्रेष्ठसँग उनको खेल करियरमा आधारित रहेर हिमालयन कङ्गारुले गरेको छोटोमीठो खेल वार्ता :

अष्ट्रेलियामा के पढ्दै हुनुहुन्छ ?

म होइन मेरो श्रीमतीले पढ्थिन् । अहिले त उनको पढाई सकिसक्यो । उनले अकाउन्टिङ पढेकी हुन् ।

तपाई कुन खेल बढी रुचाउँनुहुन्छ ?

मेरो मनपर्ने खेल फुटबल हो । फुटबल वाहेक मलाई क्रिकेट पनि मनपर्छ । तर म फुटबल नै खेल्न रूचाउँछु ।

कति वर्षको उमेरदेखि खेल्न थाल्नुभयो ?

म ६ वर्षको थिएँ जब मैले यो खेल सुरू गरें । सानैदेखि फुट्बल खेल्थें ।

खेलमा लागेपछिको कुजै अविस्मरणीय सम्झना ?

म अखिल नेपाल फुटबल संघ एन्फाको दोस्रो ब्याचमा सेलेक्ट भएको क्षण मलाई सधैं अविस्मरणीय सम्झनाको रुपमा आइरहन्छ ।

खेल क्षेत्रमा कसरी आकर्षण बढ्यो ?

मेरो बाबा पनि फुट्बल खेल्नु हुन्थ्यो । त्यसैले उहाँले गर्दा मैले पनि यो खेल खेल्न सुरू गरें । मेरो दाइ राकेश श्रेष्ठ नेपालको राष्ट्रिय टिमको क्याप्टेन हुनुहुन्थ्यो । उहाँबाट अझ प्रभावित भएर म पनि फुटबलप्रति आकर्षित भएँ ।

suraj

परिवारबाट कतिको सपोर्ट पाइरहनुभएको छ ?

मेरी श्रीमतीले मलाई धेरै नै सपोर्ट गर्छिन् । उनी पनि मेरो म्याच हुँदा हेर्न आउँछिन् ।

टिभीमा कुनै म्याच हेर्न रिमोट खोसाखोस कति हुन्छ ?

टिभी हेर्दा रिमोट खोसाखोस त हुदैन तर कहिलेकाँही चाहिं मलाई भन्दा फुट्बललाई धेरै माया गर्छौ भनेर रिसाउँछिन् । उनी फुट्बललाई मेरो पहिलो अनि आफूलाई दोस्रो श्रीमती भन्छिन् ।

नेपालमा खेल क्षेत्रको भविष्य कति देख्नुहुन्छ ?

पहिलेको तुलनामा अहिले नेपालमा खेलकुदलाई आफ्नो पेशा बनाउनेहरूको राम्रो भविष्य देख्छु । तर अरू देशको तुलनामा अझै पनि त्यति राम्रो भैसकेको भने छैन ।

suraj-1

तपाईलाई मनपर्ने टिम ?

मेरो मनपर्ने टिम म्यानचेस्टर यूनाइटेड हो । मेरो मनपर्ने खेलाडी धेरै छन् तर अहिलेको खेलाडीको नाम लिनुपर्दा म मेस्सी भन्छु । मलाई उनको खेल्ने तरिका असाध्यै मनपर्छ ।

जीवनमा खेलकूदको कस्तो भूमिका रहन्छ ?

मन्छेको जीवनमा खेलकूद वा शारीरिक व्यामले ठूलो भूमिका खेल्छ । खास गरी हामी जस्ता विदेशमा बसोवास गर्नेहरूलाई । यहाँको व्यस्त जीवनले गर्दा समयमा हेल्दी खाना खान कमै पाईन्छ । यसैले स्वस्थ रहनुको लागि पनि कुनै न कुनै खेलमा आवद्द हुनु राम्रो हो ।

अष्ट्रेलियाको व्यस्त जीवनशैलीमा समेत खेलकूदलाई कसरी समय दिइरहनुभएको छ ?

आईतवार मेरो फुट्बलको समय हो । त्यो दिन हप्ताभरिको थकान मेटिने गरी फुट्बल खेल्छु । साथै समय समयमा शरीरिक व्यायम पनि गर्ने गर्छु ।

suraj-2

अहिले यहाँ कुन क्लबाट खेल्नुहुन्छ ?

म अष्ट्रेलियाको यूनाइटेड एफसीबाट खेल्छु ।

खेल क्षेत्रमा लागेर अनुभव गर्नुभएको कुनै मिठो पल ?

म जहिले मैदानमा छिर्छु त्यो समय नै मेरो लागि सबैभन्दा मीठो पल बन्छ । तर कुनै एक दिन भन्नुपर्दा सन् २०१३ मा पहिलो पटक भिक्टोरियन प्रिमियर लिगमा “ प्लेयर अफ द इयर“ पाएको क्षण सधैं मीठो पल बनेर रहेको छ । । त्यतिखेर मैले अनुभव गरेको खुशी अझै अव्यक्त छ । झन् यसपालि पनि “प्लेअर अफ द इयर“ पाउँदा,सुनमा सुगन्ध थपिए जस्तै भयो ।

तपाईको खेल र जीतको यात्रा यसरी नै निरन्तर अघि बढिरहोस् । उत्तरोत्तर प्रगतिको लागि शुभ कामना ।

हिमालयन कङ्गारुलाई मेरो धेरै धेरै धन्यवाद ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

फोटो स्रोत : सुरजको फेसबुक पेज

Comments

comments