एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन डोनाल्ड ट्रम्पको जितले वैधता प्राप्त गरेको छ ।

ट्रम्प इलेक्ट्रोल कलेजमा विजयी भएपछि उनको जितले वैधता पाएको हो । गएको नोभेम्बरमा भएको चुनावको जितलाई वैधता दिन इलेक्ट्रोल कलेजमा जित आवश्यक थियो । ट्रम्पले दुई सय ७० इलेक्ट्रोल मत पाएको अमेरिकी इलेक्ट्रोल कलेजले जनाएको छ । योसँगै ट्रम्पको ह्वाइट हाउस यात्राले औपचारिक मान्यता पाएको छ । अमेरिकी चुनावमा रुसले ह्याक गरेर प्रभाव पारेको भन्ने खरब आइरहेका बेला ट्रम्पको जितले औपचारिक मान्यता पाएको हो ।

अमेरिकी गुप्तचर निकाय सिआइएले रुसी ह्याकरले डेमोक्र्याटिक पार्टी तथा हिलारी क्लिन्टनका सहयोगीको इमेल ह्याक गरेको र त्यसले गर्दा चुनावमा प्रभाव परेको बताएको छ । यस विषयमा छानविन भइरहेको छ । आउँदो जनवरी ६ मा अमेरिकी सिनेट तथा कांग्रेसको विशेष संयुक्त सत्रमा ट्रम्प विजयी भएको औपचारिक घोषणा गरिने छ । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले राष्ट्रिय एकताका लागि कडा मेहनत गर्ने बताएका छन् ।

यस्तै आफू सबै अमेरिकीको राष्ट्रपति बन्ने उहाँले प्रतिवद्धता समेत जनाउँदै आउनुभएको छ ।

अमेरिकामा अहिले ट्रम्प विरोधी अभियान पनि चलिरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments