मेलबर्न । एनआरएनए अष्ट्रेलियाले तेश्रोपटक आयोजना गरेको नेपाल फेष्टिबल अपेक्षाकृत रुपमा भव्यताका साथ सम्पन्न भएको छ ।

ब्रिसबेनबाट शुरु भएको नेपाल फेष्टिबलको यस वर्षको अन्तिम कार्यक्रम मेलबर्नमा गत १७ डिसेम्वरमा सम्पन्न भएको हो । प्रत्येक २–२ बर्षमा अष्ट्रेलियाका विभिन्न शहरहरुमा नेपाल फेस्टिभलको आयोजना गरिदै आएको छ ।

अष्ट्रेलियाको पुरानो शहर मेलबर्नको केन्द्रमा रहेको फेडेरेसन स्क्वायारमा आयोजना गरिएको नेपाल फेस्टिभल मेलबर्नमा करिब २० हजार दर्शकको प्रत्यक्ष सहभागीता रहेको थियो । यस पटक नेपाल र अष्ट्रेलियन सरकारको उच्च तहका व्यक्तित्वहरुबाट समेत फेष्टिबलमा प्रतिनिधित्व गरिएको थियो । नेपाल सरकार तथा अस्ट्रेलियन सरकारका मन्त्री तहका व्यक्तित्वहरु भिक्टोरियाको एकै मंचमा उपस्थित भएको यो पहिलो पटक हो ।

एनआरएनए अष्ट्रेलियाको भिक्टोरिया राज्य कमिटि, नेपाली दुताबास, महाबाणिज्यदुतको कार्यालय र भिक्टोरियामा रहेका नेपाली समुदायका सबै संघ संस्थाहरुको सहकार्यमा सम्पन्न उक्त फेस्टिभलको अघिल्लो साँझ अतिथिहरुको सम्मानमा गाला डिनर र फेस्टिभलको दिन बिहान परेडको समेत आयोजना गरिएको थियो ।

परम्परागत नेपाली भेषभूषा र रहन सहन झल्कने झाँकी सहित मेलबर्न स्टेट लाइब्रेरीबाट महोत्सबस्थल फेडेरेसन स्क्वायरसम्म आयोजित परेडमा सगरमाथा, गौतम बुद्ध लगायतको चित्र सहितको ब्यानरमा लाखे नृत्य, कुमारीका साथै नेपाली पर्यटन प्रबर्द्धन हुने बिभिन्न झांकी तथा चित्रहरु समेटिएका थिए ।

फेष्टिबलको उद्घाटन पनि नेपाल सरकारका पर्यटन, संस्कृति तथा नागरिक उडयानमन्त्री जीवनबहादुर शाही, भिक्टोरियाका बहुसांस्कृतिक मन्त्री रबिन स्कट र एनआरएन अध्यक्ष शेष घलेले संयुक्त रुपमा पानसमा बत्ति बालेर गर्नु भएको थियो । सो अवसरमा नेपाली स्वाभिमान झल्काउँने नेपाली झन्डा समेत फहराईएको थियो ।

कार्यक्रमको आकर्षण रुपमा रहेको नेपालको पर्यटन र बिबिधता झल्कने किसिमले तयार गरिएको नेपाल हाउसले सबै आगन्तुकको मन खिच्न सफल भएको थियो ।

फेस्टिभलको सुरुवातसंगै औपचारिक कार्यक्रम अगाडि र पछाडि नै नेपाली कलासंस्कृति र परम्परा झल्कने किसिमका बिभिन्न सांगीतिक कार्यक्रम, नाटक, फेशन शो आयोजना गरिएको थियो ।

फेस्टिभलको प्रमुख अथितिको रुपमा नेपालबाट आउनु भएका नेपाल सरकारका पर्यटनमन्त्री जीवनबहादुर शाहीले प्रकृतिले भरपूर्ण नेपालको बिबिधताहरु र प्राकृतिक सुन्दरता आफ्नै आखाँले देख्न र अनुभव गर्न एक पटक नेपालको भ्रमण गर्न अनुरोध गर्नुभयो । नेपाललाई अप्ठ्यारो र दुख पर्दा नेपाल बाहिरका सम्पूर्ण नेपालीहरु र नेपाललाई माया गर्ने बिदेशी मित्रहरुले गरेको सहयोग र सदासयाताको उहाँले उच्च प्रसंशा गर्नुभएको थियो । कार्यक्रमका बिशेष अथिति भिक्टोरियाका बहुसांस्कृतिक मन्त्री रबिन स्कटले नेपाली कलासंस्कृती र नेपालीहरुले पुरयाएको योगदानको खुलेर प्रशंसा गरे । त्यसैगरि एनआरएनए अध्यक्ष शेष घले, मल्टिकल्चर कमिसन हेलेन काफालोस, एनआरएनए उपाध्यक्ष भवन भट्ट, भिक्टोरियाका लागि महाबाणिज्य चन्द्र योन्जन, नेपालबाट आएका नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह मेहर लागायतका अथितिहरुले समेत कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको अध्यक्षतामा संपन्न उक्त कार्यक्रममा एनआरएनए भिक्टोरिया एवम कार्यक्रम संयोजक केशब कंडेलले सहभागी सबैलाई स्वागत गर्नु भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

कार्यक्रममा भिक्टोरिया राज्यका संसद, केन्द्रिय सरकारका संसद, बिभिन्न काउनसिलका मेयर र काउन्सिलरहरु, बिभिन्न देशको प्रनिधित्व गर्ने भिक्टोरियामा रहेका कन्सुलरहरु, नेप्लीज एशोसियसन अफ भिक्टोरिया न्याभका अध्यक्ष डा अनुपम पोखरेल,एनआरएनए केन्द्रिय संरक्षक इन्द्रा बन, केन्द्रिय प्रवक्ता रन्जु थापा, युवा संयोजक बिजय पोख्रेल, क्षेत्रीय संयोजक महेन्द्र लम्साल सह संयोजक रमेश जोशी, आइसीसी सदस्यहरु, एनआरएनए अष्ट्रेलियाका सबै स्टेटलाई प्रतिनिधित्व गर्ने उपाध्यक्षहरु र पदाधिकारीहरुको उपस्थिति थियो । यस्तै नेपाल बाहेक बिभिन्न विदेशी देशहरुबाट समेत प्रतिनिधीहरुले सहभागिता जनाएका थिए । फेस्टिभलको औपचारिक कार्यक्रम एनआरएनए अस्ट्रेलियाका सचिब टोनु घोतानेले संचालन गर्नुभएको थियो । उदघाटन अघिका र पछिका संस्कृतिक एबं मनोरन्जनात्मक कार्यक्रमहरु भने एनआरएनए भिक्टोरियाका सचिव मधाब पौडेल, सदस्य दिपाश्री शाह, सुदिप मास्के र संचारकर्मी दिक्पाल पगेनी लगयातले संचालन गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय कलाकारहरुका साथै नेपालबाट आएका लोकगायक खुमन अधिकारी, रमिला न्यौपाने र कन्दरा ब्याण्डले आफ्ना गीतहरुले दर्शक र श्रोताको मन मुटु जित्दै पुरै कार्यक्रम स्थललाई नै नेपालमय बनाउन सफल भएका थिए ।

कार्यक्रमको समाप्तिपछि कार्यक्रम संयोजक केशब कडेलले कार्यक्रम अपेक्षाकृत रुपमा सफल रहेको बताउँनुभयो ।

नेपालको पर्यटन र नेपाल प्रवद्र्धन गर्ने उदेश्यले नेपाल फेष्टिबलको आयोजना हुँदै आएको छ ।

Comments

comments