काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यसपटक हिउँदमा समेत लोडसेडिङको तालिका नआउने प्रष्ट पारेको छ ।

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनासाथ राजधानी उपत्यका र आपसापका जिल्लामा लोडसेडिङ अन्त्य भएको थियो । तिहारको झिलिमिलीपछि लोडसेडिङ बढ्ने त्रास भएकोमा त्यस यता पनि लोडसेडिङ भएको छैन ।

दैनिक १८ घण्टासम्म लोडसेडिङ खेपेका जनता कुलमानले चमत्कार गरेको विश्वासमा छन् । किनकी १३ वर्षदेखि जनता अध्यारोको प्रताडना भोग्न बाध्य थिए। अहिले विद्युत प्रणालीमा बिजुली नथपिए पनि लोडसेडिङ समाप्त भएको छ।

विगतका वर्षमा पनि लोडसेडिङको चर्चा हुन्थ्यो, यस वर्ष पनि यसैको चर्चा भइरहेको छ। फरक यति मात्र छ, विगतमा कति घन्टा लोडसेडिङ हुन्छ भन्ने चर्चा हुन्थ्यो भने यस वर्ष कसरी लोडसेडिङ अन्त्य भनयो भन्ने जिज्ञासा।

त्यही जिज्ञासा कार्यकारी निर्देशक घिसिङले एक राष्ट्रिय दैनिकसँगको कुराकानीमा अब लोडसेडिङको तालिका नआउने बताएका हुन्। उनले उपभोक्तालाई ढुक्क हुन समेत आग्रह गरेका छन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments