भैरहवा । एमाले निकट युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको अज्ञात समुहको गोली प्रहारबाट हत्या भएको छ ।

सोमबार अपरान्ह रातो मोटरसाइकलमा आएको अज्ञात समुहले उनीमाथि देवदह नगरपालिकामा पर्ने खैरेनीबजारमा गोली हानेको प्रहरीले जनाएको छ ।

durgaछातीमा गोली लागि गम्भीर घाइते उनको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेले रातोपाटीलाई जानकारी दिए ।

गोली प्रहार गर्ने समुह फरार रहेको र प्रहरीले उनीहरुको खोजीकार्य तीब्र बनाएको छ ।

प्रहरीले अहिले सीमानाका सिल गरेर आक्रमणकारीको खोजीकार्य तीब्र बनाएको जनाएको छ ।

पहाडी मूलका तिवारीमाथि छ महिनाअघि पनि गोली प्रहार भएको एक युवासंघका केन्द्रीय नेताले बताए । उनका अनुसार उनी उच्च परिवारका व्यक्ति हुन् ।

१४ दिन अघिपनि सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष कूल प्रसाद न्यौपानेमाथि पनि गोली प्रहार भएको थियो । उनी भने गोली छल्दा बाँच्न सफल भएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments