टोक्यो । रियल मड्रिडले जापानी क्लब कासिम अन्टलर्सलाई ४–२ अन्तरले पराजित गर्दै विश्वकप क्लव फुटबलको उपाधि जितेको छ । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मदतमा मड्रिडले फिफा विश्वकप क्लबको उपाधि जितेको छ ।

आइतबार साँझ जापानको योकाहामास्थित निसान स्टेडियममा भएको फाईनल खेलमा रियल मड्रिडले रोनाल्डोको मद्धतमा खेलको नवौं मिनेटमा नै अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्त्यतिर घरेलु टोलीले गोल गर।ी खेललाई बराबरीमा पु¥यायो । खेलको ५२ औं मिनेटमा कासिमले नै गोल गर्दै अग्रता लियो । तर, ६० औं मिनेटमा रोनाल्डोले बराबरी गोल फर्कायो ।

निधारित ९० मिनेटको समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपियो । जसको ९७ औं मिनेट गोल गरेका रोनाल्डोले १०४ औं मिनेटमा हृयाट्रिक पुरा गरे । मड्रिडको यो दोस्रो क्लव विश्वकपको उपाधि हो । साथै २१ औं अन्तराष्ट्रिय उपाधि हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments