काठमाडौं । उपचारका लागि आम नेपालीको आकर्षक थलो चिकित्सा विज्ञान राष्ट्रय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पताल दुई हजार पाँच सय शैय्याको बनाउने योजना अनुरुप भवन पुनर्निर्माणको कार्य सुरु भएको छ ।

स्थापनाको १ सय २७ वर्षपछि सरकारले अस्पतालको सेवा विस्तार गर्दै भक्तपुरमा पनि विशेषज्ञ सेवा दिनेगरी अस्पताल निर्माण गर्ने तयारी अघि बढाएको छ ।

बनाउने घोषणा सरकारले बजेटमार्फत गरिसकेको छ । नौ तले भवन तयार भइसकेपछि बीर अस्पतालको हालको मुख्य भवन भत्काएर ६ सय ५० सैयाको अत्याधुनिक अस्पताल निर्माण गर्ने योजना न्याम्सको छ । वीर अस्पताल अगाडिको न्याम्सअन्तर्गतको नर्सिङ क्याम्पस र चिकित्सक, कर्मचारी बस्दै आएको आवासीय भवनको पुननिर्माण कार्य सुरु गरेको छ भने सोही स्थानमा अन्डरग्राउन्डसहित भवन बनाउने तयारी भएको छ । १७ रोपनी पाँच आना क्षेत्रफलमा बन्ने सो भवनमा ६ सय ५० बेडको अत्याधुनिक सुविधासम्पन्न अस्पताल हुनेछ । तिन वर्ष्भित्र निर्माण सम्पन्न गर्ने योजना रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका प्राडा. गणेश गुरुङले बताउनु भयो ।

वीर अस्पतालको नर्सिङ क्याम्पस र आवासहरु रहेको यस ठाउँमा भवन भत्काउने कार्य सुरु भए लगत्तै अस्पताल आउने बिरामीहरुलाइ पार्किङको समस्या भएको छ तर काठमाण्डौ महानगरपालिका समन्वय गरेर पार्किङको ब्यबस्था गर्ने अस्पतालले बताएको छ ।

भवन निर्माण गर्न यस वर्ष सात करोड रुपैयाँ छुट्याइएको छ । अन्डरग्राउन्डको पहिलो तलामा अस्पताललाई चाहिने ठूला इक्युप्मेन्ट र क्यान्सर विभाग रहनेछ । न्याम्सले तयार पारेको योजनाअनुसार अन्डरग्राउन्डको दोस्रो तलामा पूरै पार्किङ हुनेछ । भुइँ तलामा रेडियोलोजी विभाग, पहिलो तलामा शल्यक्रिया कक्ष, दोस्रो तलामा आइसियू र पोस्ट अपरेटिभ वार्ड रहनेछ । भवनको तेस्रोदेखि छैटौँ तलासम्म विभिन्न वार्डका शैय्या रहनेछन् ।सरकारले मेघा प्रोजेक्टका रूपमा लिएको वीर अस्पताललाई अत्याधुनिक बनाउने योजनाको कार्य थालनी भने समय भन्दा ढिला सुरु भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments