काठमाडौं । अखण्ड ५ नं. प्रदेशको माग गर्दै जारी राखिएको प्यूठान ,रोल्पा र पाल्पा बन्द फिर्ता भएको छ ।

बन्दले जनतालाई सास्ती पुगेको निष्कर्ष निकाल्दै बन्द फिर्ता लिएपनि आन्दोलनको बाँकी कामहरु भने जारी राखिने पनि बताइएको छ ।

बन्द फिर्ता लिन अघि आइतबार प्यूठानको प्रमुख व्यापारिक केन्द्र विजुवारमा विशाल विरोधसभाको आयोजना गरिएको छ । सभामा वक्ताहरुले अखण्ड पाँच नम्बर प्रदेशको माग दोहो¥याउदै संशोधन मार्फत सरकारले अघि सारेको पुर्नसंरचना कुनै पनि हालतमा नस्वीकार्ने प्रतिबद्धता जाहेर गरेका थिए ।सभामा नेपाली काँग्रेसका प्यूठान सभापति अमर भण्डारी र एमाले प्यूठान अध्यक्ष तुलसीराम शर्माले पाँच नम्बर प्रदेशमा सत्तारुढ दलहरुले गरेको गल्ती सुधार्नु पर्ने बताउनु भयो ।

यता निरन्तरको बन्दले प्यूठानका सम्पूर्ण विद्यालय, उद्योग कलकारखाना पूर्ण रुपमा ठप्प बनेपछि आइतबार साँझबाट वन्दको कार्यक्रम फिर्ता लिइएको छ । उता रोल्पामा पनि लामो समयसम्म बन्द हुँदा सबै क्षेत्र चौपट बनेपछि बन्द फिर्ता लिइएको छ । रोल्पामा संविधान संशोधनको नेपाल मगर संघले स्वागतको कार्यक्रम गरिरहेको छ भने नेकपा एमाले लगाएतका दलहरुले बिरोधका कार्यक्रम गरिरहेका छन् । नेपाल मगर संघले स्वागतको कार्यक्रम गर्दा बिरोधकर्ताहरुले ढुंङगा समेत प्रहार गरेका थिए । दुवै पक्ष आफ्ना कार्यक्रम गरिरहदा कतै सामाजिक सदभाव बिग्रने होकि भन्नेमा जानकारहरु चिन्तित भएका छन् । लोकतन्त्रमा आफ्नो अधिकार सुनिश्चितका लागि बोल्न पाउने अधिकार हुँदा हँुदै पनि आफुहरु माथि अमानवीय ब्यवहार प्रदर्शन गरिएको मगर संघका अध्यक्ष अमृत बाठामगरले बताउनु भयो ।

उता बिरोधकर्ताहरुले भने कार्यक्रम पार्टी बिषेश हुन गएकाले आफुहरुले विरोध गरेको जिकिर गरेका छन् । आफुहरुको आन्दोलन हुदा हुदै कुनै जाति विषेशको पार्टीले कार्यक्रम गर्न खोजकोेले प्रतिकार गरेको नेकपा एमाले रोल्पाका अध्यक्ष हरी प्रसाद घर्तीमगरले बताउनु भयो ।

उता निरन्तर आन्दोलित पाल्पामा पनि आइतबारदेखि बन्द फिर्ता लिइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments