काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सरकारले सोमबार बस्ने बैठकमा संशोधनको प्रस्ताव दर्ता गराउने विषयप्रति गम्भीर आपत्ति जनाउनुभएको छ ।

उहाँले सरकारले जबर्जस्ती संशोधन प्रस्ताव संसदमा लाद्न खोजेमा सरकार लगायत सत्ता साझेदार दललाई राम्रो नहुने चेतावनी पनि दिनुभयो ।

युवासंघको केन्द्रीय स्रोत साधन व्यवस्थापन विभागले आइतबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा एमाले उपाध्यक्ष गौतमले सरकारले ल्याएको संशोधन प्रस्तावले देशलाई नै विखण्डन गर्ने दाबी गर्दै त्यसविरुद्व कार्यकर्तादेखि आमनागरिकसम्म एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँँले संशोधन विधेयकलाई अघि बढ्नै नदिने भन्दै आफूहरु पनि संसदमै लड्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष गौतमले संशोधनको प्रस्ताव बाहिरबाट आएको बताउँदै बाहिरको निर्देशन पालना नगर्दा नक्कली समस्यामा फसाएर मुलुकलाई द्वन्दमा होमिएको बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालमा राजनीतिक चरित्र समेत नभएको आरोप लगाउँदै केपी ओली प्रधानमन्त्री हुँदा संसदमा दर्ता गरेको अविश्वासको प्रस्तावले प्रष्टिएको तर्क समेत अघि सार्नुभयो ।

यसअघि काँग्रेस,माओवादी र मधेसी मोर्चाको शनिवार बसेको वैठकले सोमवार संशोधन विधेयक प्रस्तावमा सदनमा टेबुल गर्ने निर्णय भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments