काठमाडौं । पपुवा न्यूगिनीमा ८ म्याग्निच्यूटको शक्तिशाली भूकम्प गएको छ । भूकम्प लगतै आन्ध्रा महासागरको केही क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

पपुवा न्यूगिनीको ४५ किलोमिटर पूर्वमा अवस्थित लाताङ्गै भनिने न्यू आयरल्याण्ड टापुमा स्थानीय समय अनुसार शनिवार बेलुकी ८ बजेर ५१ मिनेटमा भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनााएको छ ।

भूकम्पपछि सुनामीको चेतावनी दिइएको द प्यासिफिक सुनामी चेतावनी केन्द्रले जनाएको छ । पपुवा न्यूगिनी मात्र नभई इण्डोनेसियासहितका देशमा समेत सुनामीको असर पर्न सक्छ । भूकम्पका कारण भएको क्षतिबारे कुनै जानकारी प्राप्त भएको छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

twgg-advertise

Comments

comments