केही खेलाडी घाइते हुनाका बाबजुद बायर्न म्युनिखले यो सिजन थप खेलाडी नलिने प्रशिक्षक पेप ग्वार्डिओलालण् प्रस्ट पारेका छन् ।

बायर्नले आज जर्मन सुपर कपमा बोरुसिया डर्टमन्डको सामना गर्दैछ । अघिल्लो सिजन लिगसहित दुई उपाधि जितेपछि बायर्न डर्टमन्डसँग सुपर कपमा भने चुकेको थियो । यसपटक त्यसको बदला लिने दाउमा बायर्न हुनेछ । लामो समय खेल्न नसकेका थिएगो अल्कान्टारा खेल्नका लागि तयार भइसकेका छन् ।  तर ग्वार्डिओलाले अझै उनलाई खेलाउने निर्णय लिइसकेका छैनन् ।

उता, क्विन्स पार्क रेञ्जर्स क्युपिआरले इङ्ल्यान्डका पूर्वप्रशिक्षक ग्लेन होडललाई फस्ट टिमको प्रशिक्षक नियुक्त गरेको छ । ५६ वर्षे होडलसँगै जो जोर्डन र केभिन बोन्डलले टोलीका मुख्य प्रशिक्षक हेरी रेडन्यापलाई सघाउनेछन् । स्विन्डन टाउन, चेल्सी, टोटेनह्याम र साउथह्याम्पटनका पूर्वप्रशिक्षक होडलले सन् १९९६ देखि १९९९ सम्म इङ्ल्यान्ड फुटबल टोलीको कप्तानी सम्हालेका थिए ।

Comments

comments