काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनका २० का नयाँ नोट चलनचल्तीमा ल्याएको छ।

हाल चल्तीमा रहेका भन्दा केही विशेषता हेरफेर गर्दै ति नोटहरु चलनचल्तीमा ल्याइएको हो।

पहिलेको नोटमा बाह्रसिंगेको तस्वीर भनिए पनि प्रष्ट रुपमा बाह्र सिङ देखिँदैनथ्यो। अहिलेका नयाँ नोटमा भने प्रष्ट रुपमा बाह्र सिङ देखिन्छ।

त्यस्तै पहिलेको नोटमा एउटा जनावर रहेकोमा अहिलेका नोटमा २ वटा जनावरका तस्वीर छन्। गभर्नर डा। चिरञ्जीवि नेपालको हस्ताक्षरमा आएका यी नोटको संकेत नम्वर ज १६०००००१ देखि ञ ९९९९९९ सम्म रहेको छ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप, तल्लो भागका बोर्डरमा नोटको सिरियल नम्वर र नेपालीमा विसं २०७२ लेखिएको छ। त्यसको ठीक पछाडिपट्टि २०१६ एडी लेखिएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments