एजेन्सी । रियल मड्रिड फिफा कप वर्ल्डकपको फाइनलमा प्रवेश छ । बिहीबार राति भएको खेलमा रियल मड्रिडले क्लब अमेरिकालाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

रियललाई जिताउन पहिलो हाफको अतिरिक्त समयमा टोनी क्रुसले दिएको क्रस पासमा करिम बेन्जामले गोल गर्दै रियललाई अग्रता दिलाए ।

त्यस्तै दोस्रो हाफको अतिरिक्त समयमा रियलका लागि क्रिस्टियानो रोनाल्डोले विजयी गोल गर्दै रियललाई फाइनलमा पुर्‍याए । रियलले आइतबार फाइनलमा जापानको कासिम एन्टलर्ससँग खेल्नेछ ।

त्यस्तै प्लेन दुर्घटना भएर ज्यान गुमाएका ब्राजिलका खेलाडीको सम्झानामा खेल सुरु हुनु भन्दा अघि एक मिनेट मौन धारण गरिएको थियो । फिफा वर्ल्डकप कपमा पहिलो पटक भिडियो रिफ्रीको प्रयोग गरिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments