काठमाडौं । एसीसी अण्डर नाइन्टीन एशिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासंग चुकचुकाउने हार व्यहोरेको छ ।

नेपाल घरेलु टोलीसंग मात्र एक रनले पराजित भएको छ । नेपालका लागि मध्यक्रमका व्याटसम्यानमा दीपेन्द्र ऐरीको ९० रनको शानदार योगदान हारसंगै ओझेलमा पर्न पुग्यो । श्रीलंकाको कोलम्बो स्थित नोनडेस्कृप्ट स्टेडियममा भएको खेलमा टस जितेर पहिला क्षेत्ररक्षणको जिम्मेवारी सम्हालेको नेपालले श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा दुई सय २७ रनमा रोकेको थियो । २ सय २८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात कमजो भएपनि मध्यक्रमका व्याट्समानले स्थिति सम्हालेपछि नेपाल जितको नजिक पुगेर हार स्वीकार्न बाध्य भयो ।

दीपेन्द्र सिह ऐरीले कमजोर बनेको नेपालको स्थितिलाई सम्हाल्दै आफ्नो टोलीलाई जित तिर उन्मुख गरेका थिए । तर उनले ९० रनको योगदान दिदा पनि नेपाल एक रनले हार व्यहोर्न पुग्यो । दिपेन्द्रले ९९ बलमा ९० रन बनाएका थिए । त्यस्तै अभिनाश कर्णले ४० रन, आदिल खानले ३९ रनको योगदान गरेका थिए । यस अघि श्रीलकाका लागि हरिथा बोयागोडाले एक सय ६ बलमा ८३ रन बनाएका थिए ।

बलिङतर्फ नेपालका कमल सिहले तीन विकेट लिएका थिए । त्यस्तै पनव सर्राफले दुई विकेट लिदा दिपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए । दुई समुहमा विभाजन गरेको प्रतियोगीताको समुह एमा नेपाल सहित आयोजक श्रीलंका, भारत र मलेसिया छन् । प्रतियोगीताको दोस्रो खेलमा शुक्रबार नेपालले भारतसग प्रतिस्पर्धा गर्नेछ । यी दुईको खेल नेपाली समय अनुसार सवा १० बजे सुरु हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments