मेलबर्न । रेडियो पत्रकारितामा डिप्लोमा कोर्स गर्न इच्छुकहरुलाई अष्ट्रेलियामा छात्रबृत्तिमा पढ्ने अवसर खुलेको छ ।

अष्ट्रेलियन फिल्म, टीभी तथा रेडियो स्कूलले एसबीएस रेडियोसँगको सहकार्यमा नेपालीभाषीसमेत योग्य हुनेगरी पहिलो दैभाषिक छात्रबृत्तिको अवसर खुलेको हो ।

नेपालीसहित बिभिन्न भाषाबाट मेरिटका आधारमा छानिने बिद्यार्थीहरुले २०१७ मा एक बर्षे रेडियो डिप्लोमा कोर्स गर्न पाउनेछन् । यसमा २४ हजार ७ सय २० डलर बराबरको छात्रबृत्ति प्राप्त हुनेछ । यति रकमले पूरै कोर्सको ट्युसन फि तिर्न पुग्छ । साथै सातामा एक दिनका दरले एसबीएस रेडियोमा बर्षैभरी इन्टर्नसीपको ब्यबस्था समेत हुने उल्लेख छ ।

यसका लागि नेपालीसहित अरविक, मन्डारियन, क्यान्टोनिज, कुर्दिस, हिन्दी, कोरियन, इन्डोनेसियन, भियतनामिज, इटालियन र ग्रिक भाषी आबेदकहरु योग्य ठहरिनेछन् ।

आबेदनका लागि अष्ट्रेलियन नागरिकता वा स्थायी बसोबास अनुमति भने हुनुपर्नेछ । डिसेम्बर एकदेखि खुला भएको आबेदन जनवरी १५, २०१७ सम्म जारी रहनेछ । छानिएका आबेदकले फेब्रअरी २७ देखि कक्षामा सहभागी हुनुपर्नेछ ।

इच्छुक विद्यार्थीहरुले यो लिंकमा गएर आबेदन दिन सकिनेछ ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments