काठमाडौं । नयाँ संरचना अनुसार स्थानीय निकायको निर्वाचन गराउने प्रस्तावसहित सरकारले निर्वाचन विद्येयक व्यवस्थापिका संसदमा दर्ता गराएको छ ।

प्रमुख दलहरुबीच पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने सहमति बनेको खबर सार्वजनिक हुँदा सरकारले भने नयाँ संरचनामा गाउँपालिका र नगरपालिकाको निर्वाचनका लागि विद्येयक संसदमा दर्ता गरेको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री बिमलेन्द्र निधिले बुधबार दर्ता गराउनु भएको विधेयकमा नयाँ ‘संविधानको कार्यान्वयनकालागि स्थानीय तहको निर्वाचन यथासक्य छिटो सम्पन्न गर्न अपरिहार्य’ रहेको उल्लेख छ । स्थानीय निकायको निर्वाचन सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७३ मा निर्वाचनको मिति तोक्ने अधिकार सरकालाई दिन समेत प्रस्ताव गरिएको छ । यसअघि निर्वाचन आयोगले मिति तोक्ने अधिकार आफैंले राख्ने गरी मस्यौदा प्रस्ताव गरेको थियो । यसैगरी सरकारले बुधबार नै निर्वाचन कसूर तथा सजाय सम्बन्धी विधेयकपनि संसदमा दर्ता गराएको छ । विधेयकमा मतपत्र नष्ट गर्ने, नक्कली मतपत्र तयार गर्ने, छाप दुरुपयोग गर्नेलगायतका कसूरमा संलग्न व्यक्तिलाई दुई वर्षसम्म कैद सजाय व्यवस्था गरिएको छ ।

विधेयक दर्ता भएको मितिले पाँच दिनपछि व्यवस्थापिका संसदमा प्रस्तुत गर्नकालागि परिपक्व हुने व्यवस्था छ । यता संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले भने लगातार संसदमा अवरोध पु¥याउदै आएको छ । प्रमुख राजनीतिक दलबीच मंगलबार भएको छलफलमा पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सहमति भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments