काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल सहित केही मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री दाहालले आफूसँग १ कठ्ठा जमीन र तीन तोला सुन भएको सम्पत्ति विवरण मन्त्रिपरिषदमा दर्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधवार आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री दाहालको चितवनको भरतपुरमा रहेको एक कठ्ठा जमीन श्रीमती सीता दाहालको नाममा रहेको उल्लेख छ । उक्त विवरणमा उहाँले आफूसँग गाडी, शेयर, पशुपंक्षी तथा बैंक खातामा जम्मा रकम नरहेको उल्लेख गर्नुभएको छ ।

यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पनि रोल्पामा अन्दाजी आठ रोपनी सुख्खा पाखो र ८० हजार रुपैयाँ नगद मात्र भएको विवरण प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा पेश गर्नुभएको छ । सार्वजनिक सम्पत्ति विवरणअनुसार महराको रोल्पाको लिवाङ–८ मा रहेको जग्गाको भोग चलन हाल सहकारीले गरिरहेको उल्लेख गरिएको छ । महराले आफूसँग सामान्य दुई तले घर र एक तले एउटा गोठ रहेको विवरण उपलब्ध गराउँनुभएको छ । मन्त्री भएपछि पारिश्रमिक बापतको ८० हजार रुपैयाँ एभरेष्ट बैंकमा जम्मा गर्नुभएका महराले पेश गरेको सम्पति विवरणमा सुन, चाँदी, हिरा, जहवारत जस्ता कुनै पनि बहुमूल्य धातु नभएको उल्लेख गरिएको छ ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले भने आफूसँग ५० लाख रुपैयाँ र १० तोला सुन रहेको विवरण पेश गर्नुभएको छ । सुन उहाँले आमाबाट पाउनुभएको उल्लेख छ । नगद सांसद तथा मन्त्रीले पाउने भत्ताबाट, पत्नीको नामको जग्गा बेचेर र छोराहरुलाई मावलीले दिएको रकमबाट वचत भएको कार्कीले उल्लेख गर्नुभएको छ । साथै सञ्चार मन्त्री कार्कीले आफ्नी श्रीमतीको नाममा भारतको दार्जिलिङ र सिक्किममा पनि घर रहेको उल्लेख गर्नुभएको छ ।

यता खेलकुद मन्त्री दलजित श्रीपाइलीसँग भने सम्पत्तिको नाममा ५५ सय रुपैयाँको मोबाइल र ८ हजार रुपैयाँको घडी मात्र रहेको उल्लेख छ । साथै उहाँले आफूमाथि १० लाख ८० हजार रुपैयाँ ऋण रहेको विवरण पनि पेश गर्नुभएको छ । रुकुम घर भएका मन्त्री श्रीपाइलले रुकुममा केही पुख्यौंली जग्गा भएको सम्पत्ति विवरण पेश गर्नुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments