काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीलाई अब चलचित्रको पर्दामा पनि हेर्न पाइने भएको छ ।

आफ्नै जीवनीलाई आधार बनाएर निर्माण हुन लागेको चलचित्र रातो सूर्यमा ओली आफैंले अभिनय गर्न लागेका हुन् ।

मंगलवार शुभ मुहुर्त गरिएको यस चलचित्रको निर्देशन दीपेन्द्रप्रसाद दाहालले गर्नेछन् । चलचित्रमा अध्यक्ष ओलीको बाल्यकालदेखि अहिलेसम्मको राजनीतिक यात्रालाई देखाइनेछ । ‘रातो सूर्य’ फिल्मका लागि दाहालले थुप्रै अध्ययन गरेको जनाइएको छ ।

उनको भनाइमा ओलीको बाल्यकालदेखि हालसम्मका यथार्थ घटना देखाइनेछ । जुन धेरैलाई थाहा नभएकाले काल्पनिकजस्तो लाग्न सक्ने लेखक तथा निर्देशक दाहालले बताए ।

ओलीको १६ देखि ४५ वर्षसम्मको उमेरसम्मको भूमिकामा अनुपम शर्माको अभिनय रहनेछ । ४५ देखि ६५ वर्षसम्मको भूमिकामा भने ओली आफैंले अभिनय गर्ने जनाइएको छ ।

चलचित्रमा हरिहर शर्मा, टीका पहाडी, विश्व बस्नेत, केशव भट्टराई, सुरवीर पण्डित, उत्तम केसी, कृपा बज्राचार्य, राज न्यौपानेलगायतले अभिनय गर्ने छन् । चलचित्रमा जुगल डंगोलको संगीत रहनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments