मेलवर्न । शनिवार मेलवर्नमा आयोजना हुने नेपाल फेस्टिवलको उद्घाटन नेपालका पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले गर्नुहुने भएको छ ।

फेष्टिबलमा प्रमुख अतिथिका रुपमा सहभागी हुन मन्त्री शाही अष्ट्रेलिया आउनु हुने निश्चित भइसकेको फेस्टिवल आयोजकले जनाएको छ ।

फेस्टिवलमा भिक्टोरियाका मल्टिकल्चरल तथा अर्थमन्त्री रविन स्कट पनि अतिथिका रुपमा सहभागी हुने भएका छन् ।

स्थानीय फेडेरेसन स्क्वायरमा आयोजना हुने फेस्टिवलमा नेपाली कला, संस्कृति, वस्तु र खानाका ४५ वटा स्टल रहने बताइएको छ । फेष्टिबलको उदेघाटन अपरान्ह ३ बजे गर्ने कार्यक्रम रहेको छ । यसअघि सोही दिन विहान ११ बजेदेखि शान्ति पदयात्रा कार्यक्रमको समेत आयोजना गरिनेछ ।

nepal-destival-melbourne

फेष्टिबलमा साँझ पाँच बजेदेखि भने सांगीतिक प्रस्तुतिहरु रहनेछन् । जस अन्तर्गत कन्दरा ब्याण्ड,लोक तथा दोहोरी गायक खुमन अधिकारी र रमिला न्यौपाने लगायत स्थानीय तथा राष्ट्रिय कालाकारको प्रस्तुती रहने छ ।

यसैवीच पर्यटनमन्त्री शाही तथा अन्य अतिथिको स्वागतमा भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूतावासले १६ तारिख शुक्रबार साँझ ७ बजेदेखि गाला डिनर कार्यक्रम आयोजना गरेको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

Comments

comments