काठमाडौं । कन्ट्रोभर्सी र पब्लिसिटी क्वीनका रुपमा परिचित अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने भएकी छन् ।

केही वर्ष अघि अध्यक्ष पुष्पकमल दाहालसँग कम्मर मर्काइ मकाई नाच्दै माओवादी प्रवेश गरेकी अभिनेत्री थापा अहिले फेरि राप्रपामा प्रवेश गर्न लागेकी हुन् । केही समय अघि नै आफूले राप्रपालाई चुनेको अभिव्यक्ति सार्वजनिक गरेर पार्टी प्रवेशको संकेत गरेकी रेखा सोमवार एक कार्यक्रमकाबीच औपचारिक रुपमा राप्रपा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

अर्की भेट्रान गायिका कोमल वली राप्रपा पार्टी प्रवेश गरेपछि रेखाले पनि उनकै पार्टी प्रवेश गर्ने निर्णय गरेको अड्कालवाजी गर्न थालिएको छ । केही समय यता यी दुईबीचको घनिष्ठता निकै बढ्दै गएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

twgg-advertise

Comments

comments