मेलबर्न ।

नव गायक राज श्रेष्ठ ‘तिमी नै मेरो..’बोलको गीत लिएर नेपाली श्रोता र दर्शकबीच आएका छन् ।म्यूजिक भिडियो अष्ट्रेलियाको सिड्नीमा छायांकन गरिएको हो ।

रंगपत्रकार श्यामसुन्दर गिरीको शब्द रहेको गीतमा संगीत भने गायक श्रेष्ठकै रहेको छ । सानैदेखि गीत संगीतमा रुची राख्दै आएका श्रेष्ठले आत्मसन्तुष्टिका लागि आफूले संगीत क्षेत्र रोजेको बताए । तर सोख पूरा गर्ने नाममा धेरै नेपाली गायक गायिकाहरुले कुनै प्रशिक्षण वा तयारी विना नै हतारिएर गीत रेकर्ड गर्ने गरेको बताउँदै उनले त्यस्ता रहरे गीतहरुका कारण वास्तविक प्रतिभाहरु ओझेलमा पर्दै गएको गुनासो पोखे । तर आफूले भने त्यस्तो हतारो कहिल्यै नगरेको गायक श्रेष्ठले बताए । हतारेर आउनेहरुको सांगीतिक करियर पनि छोटो हुने गरेको आफूले पाएको उनको भनाइ छ ।
संगीत भनेको विशुद्ध साधना समेत भएकोले गुरु विना पूर्ण हुन नसक्ने उनको मान्यता छ ।

timi-nai

गायक श्रेष्ठ कुशल गिटार वादक समेत हुन् । भन्छन्–मलाई गिटारको धुन असाध्यै मन पर्छ । त्यसैले रियाज गर्दा पनि उनी गिटारसँगै गर्छन् ।

‘तिमी नै मेरो.. बोलको गीतपछि अरु थप गीतहरु पनि रिकर्डिङ हुँदै गरेको उनले सुनाए । आफ्ना गीताहरुमा मौलिक नेपाली र पाश्चत्य संगीतको मिश्रित स्वाद पाइने उनले बताए । सिड्नीमा छायांकन गरिएको भिडियोलाई गीतकार गिरी आफैंले निर्देशन गरेका छन् भने नमितचन्द ठकुरीको छायांकन रहेको छ ।

भिडियोमा ‘जंग बहादुरको कोट’ फिल्मकी अभिनेत्री शुभाङ्गी कोईराला र सुरज कुँवरले अभिनय गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

twgg-advertise

Comments

comments