मेलबर्न । आगामी शनिवार अष्ट्रेलियाको मेलबर्नमा हुन लागेको नेपाल फेष्टिबल मेलबर्न २०१६ को तयारी तीव्र गतिमा अघि बढाइएको छ ।

मेलबर्नमा हुने फेष्टिबलसँगै अष्ट्रेलियामा नेपालको कला,संस्कृति,पर्यटनसँगै नेपाल प्रवद्र्धनका लागि एनआरएन अष्ट्रेलियाले विभिन्न शहरमा आयोजना गरेको नेपाल फेष्टिबलको पनि समापन हुनेछ । त्यसैले मेलबर्नमा हुने नेपाल फेष्टिबललाई अझ भव्य र सार्थक बनाउन आयोजकहरु लागि परेका छन् ।

यसैबीच शनिवार हुने नेपाल फेष्टिबलको पूर्व माहोल सिर्जना गर्न आज कार्यक्रम आयोजना स्थल फेडेरेशन स्क्वायर,मेलबर्नमा प्रचरात्मक कार्यक्रमको आयोजना गरिएको छ । फ्ल्यास मोब नाम दिइएको यो कार्यक्रममा नेपाल फेष्टिबलबारे जानकारी दिने प्रचार सामाग्रीहरुको वितरण गरिएको छ । यस्तै आगन्तुकहरुलाई फेष्टिबलबारे जानकारी दिएर आगामी शनिवार हुने फेष्टिबलमा सहभागी हुन निम्ता समेत गरिएको छ । यस कार्यमा एनआरएन अष्ट्रेलिया भिक्टोरिया तथा नेपाल फेष्टिबल मेलबर्नका संयोजक केशव कँडेल,एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष टोनु घोताने लगायतका विशिष्ट व्यक्तित्वहरु आफैं लागिपर्नुभएको छ ।

फेष्टिबलका बारेमा पूर्व माहोल सिर्जना गर्न र कार्यक्रमबारे जानकारी दिने उदेश्यले फ्ल्यास मोब अभियान चलाइएको संयोजक कँडेलले हिमालयन कङ्गारुलाई बताउँनुभयो । यस्तै कोषाध्यक्ष घोतानेले यो फेष्टिबल सिंगो नेपाल र नेपालीको भएकोले उपस्थित भइदिन मेलबर्नका नेपाली समुदायलाई अपिल गर्नुभयो । साथै उहाँले आफूसँगै गैर नेपाली साथीहरुलाई समेत फेष्टिबलमा ल्याउन आग्रह गर्नुभयो ।

आगामी शनिवार फेडेरेशन स्क्वायरमा हुने फेष्टिबल विहान १० बजेबाट शुरु भई रातिसम्म जारी रहनेछ । त्यसैले विहान १० बजेदेखि राति १० बजेसम्मको समय र मुड मिलाएर आउनुहोला,संयोजक कँडेलले भन्नुभयो ।

फेष्टिबलमा विभिन्न कलाकारका गीत संगीत,मौलिक नेपाली नृत्य,नेपाली खानाका परिकार लगायत रहनेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

twgg-advertise

Comments

comments