मेलबर्न । अष्ट्रेलियाबाट फेरि अर्को नयाँ नेपाली म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक शरद समीपको आवाजमा रहेको माया किन रिसायौ बोलको म्यूजिक भिडियो शुक्रवार युट्युव मार्फत सार्वजनिक भएको हो । पछिल्लो समय अष्ट्रेलियाबाट एकपछि अर्को गर्दै नयाँ नयाँ म्यूजिक भिडियोहरु सार्वजनिक भैरहेका बेला आएको यस गीतका गीतकार प्रकाश केसी हुन् भने संगीत सन्तोष श्रेष्ठको रहेको छ ।

asik-1

अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गरिएको यस म्यूजिक भिडियोको निर्देशन जीवन रसाइलीले गरेका हुन् । कोरियोग्राफी र सम्पादन पनि उनी आफैंले गरेका छन् । उनी अष्ट्रेलियामा अहिले व्यस्त निर्देशक मानिन्छन् ।

गोल्डेन कङ्गारु फिल्मस्मा पोष्ट प्रोडक्सन गरिएको यस म्यूजिक भिडियोमा अष्ट्रेलियामै रहेका मोडल आशिका सेढाइ र विषम गौतमले अभिनय गरेका छन् । उनीहरु दुवै म्यूजिक भिडियोमा नयाँ अनुहार हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

twgg-advertise

Comments

comments