एजेन्सी । भारतीय वायुसेनाका पूर्व अध्यक्ष एसपी त्यागी भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् ।

हेलिकोप्टर खरिद प्रक्रियाका क्रममा कमिशन खाएको प्रमाणित भएपछि भारतको केन्द्रीय जाँच एजेन्सी सिबिआईले पूर्व वायु सेनाध्यक्ष त्यागीलाई शुक्रबार बेलुका पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले इटालीको हेलिकप्टर निर्माता कम्पनी अगुस्ता वेस्टल्याण्डबाट कमिशन लिएर हेलिकप्टर किन्ने सम्झौता गरेको आरोप लागेको छ । यसमा संलग्न रहेको अभियोगमा त्यागीका आफन्तसहित दुई जनालाई पनि पक्राउ गरिएको छ ।

१२ वट हेलिकोप्टर खरिद सम्झौता ५५ करोड डलरको भएपनि त्यागीले कति कमिशन लिएको भन्ने सिबिआईले खुलाएको छैन । त्यागीसहित पक्राउ परेकालाई शनिबार अदालतमा पेश गरिने सिबिआईले जनाएको छ । तर पूर्व वायुसेनाध्यक्ष त्यागीले भने आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

twgg-advertise

Comments