टोक्यो । के तपाई जापानमा हुनुहुन्छ ? यदि त्यसो हो भने कलेजमा वा काममा जान आउन भिडभाडयुक्त रेल चढ्नुको विकल्प त नहोला । तर महिलाहरुले आफ्नो लामो र सिल्की कपालमा अवश्य ध्यान दिनुहोला । किनभने त्यही भिडभाडमा तपाईको कपाल चोर्ने व्यक्तिहरु हुन सक्छन् ।

जापानमा अहिले महिलाहरुको लामो र सिल्की कपाल काटेर चोरि गर्ने समूह सक्रिय रहेको जापानी समाचार एजेन्सीहरुले जनाएका छन् । ती समूहले विशेष गरि अफिस समयमा रेल चढ्ने युवती र महिलाहरुलाई शिकार बनाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

जापान प्रहरीले हालै मात्र ती समूहका एक २३ वर्षीय युवालाई गिरफ्तार गरेपछि यस्तो खुलासा भएको हो । ती युवाले थुप्रै महिला र युवतीहरुको कपाल काटेर लगेको स्वीकारेका छन् । सोमवार भिडभाडयुक्त रेलमा सवार एक ४० वर्षीया महिलाको कपाल काट्दै गरेको अवस्थामा नागोयाबाट ती युवालाई कैंची सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीलाई दिएको बयानमा ती युवाले आफूले राम्रो मूल्यमा बेच्ने उदेश्यले कपाल चोरेको बताए । यसअघि झण्डै ३० महिलाको कपाल काटेर बेचेको पनि उनले स्वीकारे । अकिय योशिदा नामक ती युवाले अनलाइन मार्फत ती कपालहरु बेच्ने गरेको बताए ।

उनले ४० वर्षीय ती महिलाको झण्डै ३५ सेन्टिमिटर कपाल काटिदिएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Please follow and like us:

Comments