परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले पसपोर्ट बनाएर लिन नजानेलाई कारबाहि गर्ने चेतावनी दिएको छ ।

सहज एवं छिटो तरिकाले राहदानी नपाइएको गुनासो आउने गरेका बेला एमआरपी पासपोर्ट बनाएर लिन नजानेहरुको संख्या बढेपछि विभागले कानूनअनुसार कारबाहि गर्ने चेतावनी दिएको हो । परराष्ट्र मन्त्रालय अन्तरगत राहदानी विभागमा एमआरपी पासपोर्ट बनाउने तर, लिन नजानेहरुलाई विभागले यथाशिघ्र सम्पर्कमा आउन सार्वजनिक सूचना नै जारी गरेको हो ।

पासपोर्ट बनाउनेहरु लिनै नआएपछि नारायणहिटीमा रहेको राहदानी विभाग समस्यामा फसेको छ । ०६७ पुस १७ गतेदेखि लागू गरिएको मेसिन रिडेबल पासपोर्टका लागि निवेदन दिएर लिन नआएकाहरुलाई साउन मसान्तसम्ममा सम्पर्क गर्न विभागले भनेको छ ।

दश हजार रुपैयाँ खर्चेर दू्रत सेवामार्फत राहदानीका लागि निवेदन दिनेहरु सम्पर्कमा नआएपछि विभागले साउन ३१ गतेसम्म सम्पर्कमा आएर राहदानी लैजान भनेको हो । विभागले आज सूचना प्रकाशित गरेर नलगिएका राहदानी साउन ३१ गते विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म वितरण गरिने जनाउँदै राहदानी बाहकलाई सम्पर्कमा आउन भनेको छ ।

Comments

comments