काठमाण्डौं । यतिखेर मुलुकमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि राजनीतिक सरगर्मी निकै बढेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका विपक्षी दलहरु सरकारको उक्त कदमको विरोधमा देशव्यापी आन्दोलनमा होमिएको छ भने संसद समेत अवरुद्ध छ । नेपाललाई सिक्कमीकरण गर्न खोजेको भन्दै एमालेले संशोधन विधेयमा आपत्ति जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल अर्को लेण्डुप दोर्जे बन्न खोजिरहेको प्रतिपक्षी दलको आरोप छ ।

यसरी जबजब नेपालमा छिमेकीको हस्तक्षेप वढ्दै जान्छ र नेपाली शासक विदेशीसामु लम्पसार पर्न खोज्छन तबतब नेपालमा लेण्डुप दोर्जेको चर्चा निकै चुलिन्छ । आखिर लेण्डुप दोर्जे को थिए ? उनी यसरी राजनीतिक रुपमा निक बद्नाम छन् ? भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

लेण्डुप दोर्जे नेपाली थिएनन् :

लेण्डुप दोर्जे नेपाली थिएनन् । उनी स्वतन्त्र राष्ट्र सिक्किमका वासिन्दा थिए । सिक्किम आफ्नो छुट्टै अस्तित्व भएको नेपाली मुलका नागरिकको बसोबास रहेको राष्ट्र थियो ।

जसको नेपालसंगको सम्बन्ध प्रगाढ थियो । तर कुनै समयको स्वतन्त्र राष्ट्र सिक्कम लोण्डुप दोर्जेकै गद्दारीका कारण भारतमा विलायो । अर्थात स्वतन्त्र सिक्कम भारतको कब्जामा गयो । त्यसैले पनि लेण्डुप दक्षिण एसियाकै राजनीतिमा इतिहासकै लाल गद्दारको रुपमा चिनिन्छन् । आफ्नै माटोप्रति गद्दारी गर्ने लेण्डुप देशद्रोह र गद्दारीको पर्याय थिए । को हुन त लेण्डुप,यस्तो छ लेण्डुपको गद्दारीको कथा ।

धर्मगुरु थिए लेण्डुप :

काजी लेण्डुप दोर्जेको जन्म सन् १९०४ मा पूर्वी सिक्किमको पाक्योङमा भयो । ६ वर्षको उमेरमा उनी अध्ययनका लागि सिक्किमको चर्चित रुम्टेक गुम्बामा भर्ना भए । उनका आफ्नै सानोबुवा गुम्बाका प्रमुख थिए । त्यसबेला सिक्किमका राजा थिए टुल्कु नाम्ग्याल । उनी एकदिन रुम्टेक गुम्बा पुगे । त्यहाँ लेण्डुपलाई देखेर उनी प्रभावित भए । त्यसपछि राजाले लेण्डुपलाई आफ्नो दरबार गान्तोक ल्याएर तिब्बती लामा स्कूलमा भर्ना गरिदिए ।
१६ वर्षको उमेरमा लेण्डुपलाई पुन रुम्टेक गुम्बा पठाएर दुई वर्ष अत्यन्त कठोर अध्ययनमा लगाइयो । अध्ययनपछि लेण्डुपलाई नै गुम्बाको प्रमुख लामा पदमा नियुक्त गरियो । जुन पद उनले आठ वर्ष सम्हाले । लेण्डुपका दाजु फाग छिरिङले दार्जलिङमा युवा वौद्ध एसोसिएसन खोलेका थिए । त्यसपछि रुम्टेक गुम्बाको प्रमुख लामा पद छाडेर सो एसोसिएसन सम्हाल्न लेण्डुप दार्जलिङ गए । दुवै दाजुभाइले मिलेर पूर्वी सिक्किममा स्कूल खोले, सामाजिक सुधारका काम थाले । जसबाट लेण्डुपको लोकप्रियता चुलिदै गयो ।

धर्मगुरु हुदै नेता कसरी बने लेण्डुप

राजाले लेण्डुपलाई सजिलै चिन्थे र माया गर्थे । राजाकै माया पाएर होला उनी एकपछि अर्को काममा हौसिदै गए । स्वतन्त्र राष्ट्र सिक्किममा सन् १९४५ मा सिक्किम प्रजा मण्डल पार्टी खोले, अध्यक्ष बने । १९५३ मा उनी सिक्किम स्टेट कांग्रेसमा मिसिए, अध्यक्ष बने । लगत्तै उनी भारतको राजधानी नयाँ दिल्ली गएर तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुसँग भेट गरे ।

त्यहाँबाट फर्किएर उनी राजतन्त्र विरोधी अभियान सुरु गर्न थाले । जुन राजाले उनको जीवन र परिचय बनाए, काजी पदवी दिलाए उनै राजालाई हटाउन लागि परे । त्यस अघि नै सिक्किमलाई भारतले आफ्नो सुरक्षा छाताभित्र लिइसकेको थियो तर विलय गर्न सकेको थिएन । विलय गर्न भारतलाई सिक्किममै देशद्रोही नेता चाहिएको थियो । जसको काम गरे लेण्डुप दोर्जेले ।

१९६० मा सिक्किममा भएको आम चुनावमा लेण्डुपको पार्टीले १८ मध्ये आठ सिट जित्यो । उनलाई भारतले सहयोग गरिरहेको थियो । भारतले सिक्किममा लेप्चा, भोटे र नेपाली भाषीलाई बेग्लाबेग्लै रुपमा उकासेर साम्प्रदायिक विभाजन गराइसकेको थियो । सिक्किममा जातीय द्वन्द्व र अस्थिरता बढाउन भारतले पुरै अस्त्र प्रयोग गर्र्यो ।

सन् १९७३ को चुनावमा लेण्डुपको सिक्किम राष्ट्रिय कांग्रेसले ३२ मा मात्र सिट जित्यो । तर धाँधली भएको भन्दै भारतीय हस्तक्षेपमा पुन चुनाव गराएर लेण्डुपको पाटीलाई ३२ मध्ये ३१ सिटमा विजयी गराइयो । त्यसपछि उनी सिक्किमका प्रधानमन्त्री भए । बहुमत भएपछि संसदले सिक्किमलाई भारतलाई विलय गर्ने निर्णय गर्यो । यो निर्णयसँगै सिक्किमलाई भारतले आफ्नो पुर्ण अधिनमा लियो । देशका प्रधानमन्त्री लेण्डुप भारतको प्रदेशका मुख्यमन्त्री बने ।

lenduppविदेशी पत्नीको चलखेल र टक्कर :

त्यसबेला सिक्किमका राजा चोग्याल पाल्देन थिए । उनकी पत्नी थिइन् होप कुक । उनी अमेरिकी नागरिक थिइन् । उता लेण्डुपले चाहिँ स्कटिश पत्रकार तथा साहित्यकार एलिसा मारियासँग बिबाह गरेका थिए । होप कुक सिक्किमको स्वतन्त्रता रक्षाका लागि चिन्तित थिइन् भने एलिसा मारिया भारतमा विलय गराउने पक्षमा लाग्दै आएकी थिइन् । सिक्किमको त्यसबेलाको राजनीतिलाई यी दुई महिलाको टक्कर पनि मानिदै आएको छ ।

लेण्डुपभन्दा पहिले एलिसा मारियाले दुई जनासँग बिहे गरिसकेकी थिइन् । लेण्डुप र एलिसा मारियाले सिक्किमका आप्रवासी नेपाली भाषीहरुलाई साथ लिएका थिए । नेपाली भाषी आप्रवासीलाई साथ लिएर भारतसँग मिलेर पार्टी बनाए । त्यसपछि दुई तिहाईभन्दा धेरै सिट संसदमा जिते अनि भारतमा विलय गराए । भारतमा विलयपछि भारतले लेण्डुपलाई ज्वाईं सरह सम्मान दियो, आर्थिक सहयोग दियो । उनको पार्टी पनि भारतीय राष्ट्रिय कांग्रेसमा विलय भयो ।

विलयपछि सिक्किममा लेण्डुपले पूरै दमनको शासन चलाएर विद्रोहीहरुलाई निमिट्यान्न पार्न खोजे । विद्रोह पुर्ण रुपमा दबाएपछी लेण्डुप पनि त्यत्ती चर्चामा आएनन् । त्यत्तीबेला त्यहाका राजालाई जेल हालियो ।

यसरी पतन भयो गद्दार लेण्डुप दोर्जेको :

१९७९ मा भारतको प्रान्तको हैसियतमा भएको आमचुनावमा लेण्डुपको पार्टीलाई अस्तीत्व नै नरहने गरि भारतीय केन्द्र सरकारको योजनामा हराइयो । उनलाई सिध्याउन भारत सरकार नै लागेको थियो । जब चुनाव सकियो त्यत्तीबेला लेण्डुपले आफुमाथी गद्दारी भएको थाहा पाए तर त्यत्तीबेला ढिलो भइसकेको थियो । त्यसपछि उनी विक्षिप्त जस्तै बने । सिक्किमलाई भारतमा विलय गरकोमा पछुतो माने ।

जनताले घृणा गर्ने, भारत सरकार र भारतीय नेताहरुले जहाँ जे पनि गद्दारी गर्न सक्ने मान्छे भन्दै आलोचना गर्न थालेपछि उनी सिक्किम छाडे । पश्चिम बंगालको कालिङपोङमा उनलाई एउटा पूरानो र थोत्रो घर बस्नका लागि भारत सरकारले दियो । सत्तामा पुग्न नपाएर विजोग भएपछि विदेशी पत्नी पनि उनलाई छाडेर हिँडिन् ।

सन् २००७ मा कालिङपोङमा एकसय दुई वर्षको उमेरमा उनको निधन भयो । मरेपछि तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले उनलाई महान भारतभक्त भन्दै पद्मभूषण पदक दिने घोषणा गरे । सिक्किमलाई भारतमा विलय गराउन लेण्डुपले गरेको योगदानको प्रशंसा गरे । देश बेचेर सत्ताको शिखरमा आजन्म बस्छु भन्ने लेण्डुपको सपना कहिल्यै पुरा भएन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments