काठमाडौं । युवा गायक कर्म दोङ तामाङको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । उनको पछिल्लो एल्वम कर्मभित्र संग्रहित सोल्टीनी बोलको गीतको म्यूजिक भिडियो हालै सार्वजनिक गरिएको हो ।

अर्का गायक आसुसेन लामाको शब्द तथा संगीत रहेको यो गीतको म्यूजिक भिडियोमा भिजे तथा मोडल सोनाम पाख्रिनले अभिनय गरेका छन् । साथै मिस तामाङ २०१२ र मिस नेपालकी टप फाइनलिष्ट मोडल सुमी मोक्तानको पनि अभिनय रहेको छ ।

thopa-logoम्यूजिक भिडियोको निर्देशन पासाङ योन्जन लामाले गरेक हुन् । छायांकन ज्ञानेन्द्र शर्माको छ भने प्रविन श्रेष्ठले सम्पादन गरेको छ । गीत र म्युजिक भिडियो दुवै राम्रो बनेकोमा प्रसन्नता व्यक्त गर्दै गायक दोङले दर्शकहरूको माया पाउनेमा आफू आशावादी रहेको बताए ।

कर्मको यो एल्बम थोपा मिडियाले बजार व्यवस्थापन गरेका हो । गायक कर्मले यस अघि यति धेरै माया दियौ,सुन कोसी तरेर म आउला ,छेप्पका छसाम सिल्वा क्युई,सोल्टिनीबीेलको म्यूजिक भिडियो र थुप्रै सेलो तथा नेपाली गीतहरु बजारमा ल्याइसकेका छन् ।

उनी विगत एक दशकदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा क्रियाशील छन् । हाल अध्ययनका शिलशिलामा जापानमा रहेका उनी त्यहाँ हुने स्टेज शोहरुका व्यस्त गायक समेत हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments