एजेन्सी । तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएपछि पनिरसेल्वम मुख्य मन्त्रीमा नियुक्त भएका छन् ।

उनी जयललिताको निकट सहयोगी मानिन्छन् । राजनीतिका क्रममा जयललिता जेल पर्दा राज्यको कमाण्ड पनिरसेल्वमले नै सम्हाल्दै आएका थिए । पार्टीमा निकै इमान्दार मानिने उनी पहिले सामान्य चिया बेच्ने व्यक्ति रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले पनि पनीरसेल्वमका भाई पेरियाकुलम चिया बेच्ने गर्छन् ।

पनीरसेल्वमले चिया बेच्दै स्नातक उत्तिर्ण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनका बुबा अन्नाद्रमुक संस्थापक स्वर्गीय नेता एमजी रामचन्द्रसँग काम गरेका नेता हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments