काठमाडौं । नेकपा एमालेले संविधान संशोधन विधेयकविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको छ ।

विपक्षी दलसँग सम्वाद विना नै एकल ढंगबाट संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावको विरोध गर्दै सदन र सडकका जारी आन्दोलन थप देशव्यापी बनाउने निर्णय गरेको हो । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा सोमबार बसेको बैठकले संविधान संशोधनको विरोधमा भइरहेको आन्दोलनलाई थप देशव्यापी बनाउने निर्णय गरेको हो ।

बैठकमा आइतबार बसेको सर्वदलीय बैठकमा सरकारले संशोधन प्रस्ताव फिर्ता नगर्ने अडानलाई दोहो¥याएको र प्रस्ताव फिर्ता नहुन्जेल एमालेले पनि आफनो विरोध जारी राख्ने गरि सडक र सदनमा प्रदर्शन गर्ने निर्णय लिएको पार्टी प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईले बैठकले आमसभा र विशाल जनप्रर्दशनको मिति भने केही दिन भित्रै तय गर्ने जानकारी दिनुभयो । संविधान निर्माण देखि संशोधनको प्रक्रियासम्म भइरहेको विदेशी हस्तक्षेपको विरोध गर्दै सरकारलाई बाहिरी शक्तिलाई हावी हुन नदिन सचेत गराएको पनि उल्लेख गर्नुभयो ।

बैठकले पहाड र मधेसलाई विभाजन गर्ने, साम्प्रदायिक तथा सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति सरकारकै उच्च तहबाट आएकाले यसको निन्दासमेत गरेको प्रवक्ता भट्टराईको कथन थियो ।

 

Comments

comments