काठमाडौं । तामिलनाडुकी मुख्यमन्त्री तथा चर्चीत भारतीय अभिनेत्री जयललिताको जन्म १९४८ फेब्रुअरी २४ मा कर्नाटक जिल्लाको पाण्डवपुरास्थित मेलुरकोट गाउँमा भएको थियो । उनले प्रारम्भिक शिक्षा बेङ्ग्लोर र पछि चेन्नेइमा लिएकी थिइन् ।

स्कुले जीवनमा नै चलचित्र क्षेत्रमा प्रवेश गरेकी जयललिताले १९६१ मा अंगे्रजी भाषाको एपिसल नामक चलचित्रबाट अभिनय यात्रा शुरु गरेकी थिइन् । १५ वर्षको उमेरदेखि नै कन्नड भाषाको चलचित्रमा अभिनय गरेकी ललिताको पहिलो चलचित्र चिन्नाडा गोम्बे हो,जुन चलचित्र १९६४ मा प्रदर्शन भएको थियो । त्यसपछि उनले तमिल भषाका चलचित्रहरुमा काम गरेकी थिईन् ।

स्कर्ट लगाएर चलचित्रमा काम गर्ने पहिलो महिला अभिनेत्री बनेकी जयललिताले वेन्नीरादई नामक चलचित्रबाट आफ्नो औपचारिक फिल्मी करिअर शुरु गरेकी थिईन् । तमिल, तेलगु, कन्नड, अंग्रेजी र हिन्दी चलचित्र गरि उनले झण्डै ३ सय चलचित्रमा काम गरेकी थिईन् । उनले दक्षिण भारतको त्यसबेलाका सबै सुपरस्टारहरु मसलन, शिवाजी गणेशन, जयशंकर, राज कुमार, एनटीआर अर्थात एन टी रामाराव र एम जी रामचंद्रन अर्थात एमजीआरसँग काम गरिन् ।

jaya-lalita

जयललिताको चलचित्र क्षेत्र जस्तै राजनीतिक जीवन पनि उत्तिकै सफल रह्यो । उनले १९८२ मा अल इण्डीया अन्ना द्रविड मुनेत्र कड्गम अर्थात् अन्ना द्रमुकको सदस्यता ग्रहण गर्दै एम जी रामचन्द्रनसंग आफ्नो राजनीतिक जीवन सुरु गरेकी थिईन् । उनलाई १९८३ मा पार्टीको प्रवक्तामा नियक्त गरिएको थियो । त्यपछि अंग्रजी भाषामा वाक क्षमतालाई मध्यनजर गर्दै राज्य सभाको निर्वाचनको उपचुनावमा उनलाई उम्मेदवार बनाइयो । नभन्दै उनी निर्वाचित समेत भईन् र विधानसभा सदस्य बन्न सफल भएकी थिईन् । उनी १९८४ देखि १९८९ सम्म तमिलनाडुमा राज्यसभाको सदस्यमा रहीन् । चलचित्र क्षेत्रमा जस्तै राजनीतिमा पनि जयललिता एक एक गर्दै सफलताका सिढीहरु पार गर्दै अघि बढ्नि । सन् १९८८ मा एम जी रामचंद्रनको निधन भएपछि उनको पार्टी फुट्यो । एउटा समूहको नेतृत्व एमजीआरकी पत्नी जानकीले गरिन् भने अर्को समूहको नेतृत्व जयललिताले गरिन् । जयललिता आफूलाई एमजीआरको राजनीतिक उत्तराधिकारी मान्थिन् ।

राष्ट्रपति शासनपछि १९८९ मा भएको विधानसभाको चुनावमा जयललिताको समूहले २७ सिट प्राप्त गरेर उनी प्रतिपक्षी दलकी नेतृ बन्न सफल भईन् । सन् १९९१ मा राजीव गांधीको हत्या भएपछि भएको चुनावमा जयललिताले कांग्रेससँग चुनावी सम्झौता गरिन् र २३४ मध्ये २२५ मा शान्दार जीत हासिल गरिन् । त्यसपछि उनी तामिलनाडुकी मूख्य मन्त्रीमा नियुक्त भईन् ।

अम्मा र क्रान्तिकारी नेतृको उपनामबाट समेत चिनिने जय ललिता जति सुन्दर थिईन् उति नै सुन्दर थियो जनताकाप्रति उनको मन र भावना । त्यसैले आजीवन उनी तिनीहरुका अम्मा बनेर रहिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

 

Comments

comments