मेलबर्न । तामाङ समुदायको नयाँ वर्ष तथा सांस्कृतिक पर्व ल्होछारको अवसरमा यस वर्ष पनि अष्ट्रेलियामा डम्फू साँझ हुने भएको छ ।

तामाङ समाज भिक्टोरियाको आयोजनामा हुने डम्फू साँझ आगामी ३ फेब्रेुअरी २०१७ मा मेलबर्नस्थित थनबरी थियटरमा हुनेछ । तामाङ समुदायले यसपटक २८५३ औं झ्या ल्हो मनाउँदैछन् ।

डम्फू साँझमा विगतका वर्षहरुमा जस्तै यसपटक पनि विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिहरुका साथमा नेपाली खानाका स्टलहरु रहनेछन् । यस्तै लामा मोल्हम पूजा पाठ समेत रहने बताइएको छ ।

डम्फू साँझमा सहभागी हुन यो वर्ष नेपालका चर्चित दुई तामाङ समुदायका कलाकारहरु पनि आउने भएका छन् । दुवै जना आ आफ्नो विधाका यतिखेर निकै लोकप्रिय कलाकारहरु हुन् । अर्थात यसपटक लोकप्रिय गायकका साथमा पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा निकै व्यस्त र सफल मानिएका अभिनेता डम्फू साँझमा आफ्नो प्रस्तुतिका लागि आउने भएका छन् ।

damfu-sanjh

यसैबीच डम्फू साँझका आयोजक तामाङ समाज भिक्टोरियाले डम्फू साँझमा यसपटक प्रमुख आकर्षणका रुपमा आउन लागेका ती दुई कलाकारहरु को को हुन् ? भनेर अनुमान लगाउने प्रतियोगिता समेत आयोजना गरेको छ । यसमा सहभागी हुन चाहनेले कार्यक्रमको पोष्टरमा राखिएको ती कलाकारद्धयको अस्पष्ट तस्वीर हेरेर अनुमान लगाउनुपर्नेछ । सही उत्तर पठाउन यहाँ क्लिक गरि तामाङ समाजको अफिसियल फेसबुक पेजमा जान सकिनेछ ।

सही अनुमान लगाउनेमध्ये केहीले कार्यक्रमको दुई वटा पासका साथै आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्न सक्नेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Please follow and like us:

Comments