मेलबर्न । अष्ट्रेलियामा नेपाली समुदायका क्लबहरुबीच सर्वाधिक राशीको पुरस्कार रहेको भलिबल प्रतियोगिता हुने भएको छ ।

अष्ट्रेलियाको सिड्नीमा होल्मस कप भलिवल प्रतियोगिताको आयोजना हुने भएको हो । पोखरा भलिवल क्लबले खेलको माध्यमबाट यहाँको नेपाली समुदायबीच एकता र भाइचारा अभिवृद्धि गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

यहि डिसेम्वर ११ देखि सिड्नीमा हुने प्रतियोगिताका लागि हालसम्म ८ टिमले सहभागिताका लागि नाम दर्ता गराइसकिएको छ ।

प्रतियोगिताका विजेताले उपाधि सहित नगद १७ सय डलर पुरस्कार पाउनेछ भने दोस्रो हुने टिमले एक हजार डलर पाउनेछन् । विजेता टिमलाई उत्सव मनाउन एक एक वटा खसीको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

 

Comments

comments