मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न जिएनसीभी सकर लिग २०१६ को उपाधि युनाइटेड फुटबल क्लबले उचालेको छ ।

आइतवार सम्पन्न फाइनल प्रतियोगितामा यति फुटबल क्लबलाई फराकिलो गोल अन्तरले पाखा लगाउँदै युनाइटेडले उपाधि आफ्नौ कब्जामा पारेको छ ।

गोरखा नेप्लीज कम्युनिटी भिक्टोरियाको आयोजनामा भएको जिएनसीभी सकर लिग २०१६ को उपाधि भिडन्तमा युनाइटेडले यतिलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्यो ।

जिएनसीभी सकर लिग कपमा यनाइटेडको यो ह्याट्रिक उपाधि हो । उसले यसभन्दा अघि पनि दुईपटक यही उपाधि जितिसकेको छ भने फाइनलमा पाँच पटक खेलिसकेको छ ।

फाइनल खेल वालेस रिजर्भको मैदानमा भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments