काठमाडौं । दुनियाँ बेग्लै छ बोलको गीतबाट एकाएक चर्चामा आएका अष्ट्रेलिया निवासी गायक समिर आचार्य अर्को नयाँ गीत र म्यूजिक भिडियो लिएर फेरि आएका छन् ।

दुनियाँ बेग्लै छको करिब ९ महिना भर्खरै रिलिज भएको चट्ट सलाम बोलको गीत पनि डान्सिङ बिटमा रहेको छ ।

‘दुनिया“ बेग्लै छ’मा अमेरिका निवासी गायिका निक्की कार्कीसँग युगल स्वर दिएका उनको उक्त भिडियो युट्युवमा मात्र झण्डै २० लाख पटक हेरिसकिएको छ । गायक आचार्यको पछिल्लो गीत चट्ट सलाममा भने उनलाई गायिका टिका प्रसाईले साथ दिएकी छिन् । । समिरकै शब्द र संगीत रहेको गीतमा उनले सुदुरपश्चिममा बोलिने शब्दलाई प्रयोग गरेका छन् ।

भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका हुन् भने मोडल निराजन प्रधान र नम्रता सापकोटाले मोडलिङ गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments