मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा यही डिसेम्वर ८ मा प्रदर्शन हुन लागेको नेपाली फिल्म जात्राको नयाँ पब्लिसीटी पोष्टर सार्वजनिक गरिएको छ ।

नयाँ प्रचार सामाग्रीमा फ्रम दी मेकर अफ पशुपतिप्रसाद भन्ने लाइन हटाइएको छ । भूलवश अञ्जानमा उक्त लाइन रहन गएको भन्दै आयोजकले आफ्नो प्रचार सामाग्रीमा परिवर्तन गरेको हो ।

एविसिडी अष्ट्रेलियाले मेलबर्नमा जात्राको प्रदर्शन गर्न लागेको हो । टिडब्लुजीजीले टाइटल स्पोन्सर गरेको फिल्म जात्राको प्रदर्शन ८ डिसेम्वरका दिन सिनेमा नोभामा हुनेछ ।

लामो समयसम्म मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह सञ्चारमा आवद्ध रहेर स्क्रिप्ट लेखन तथा सहायक निर्देशन गर्दै आएका प्रदीप भट्टराईले पहिलोपटक निर्देशन गरेको चलचित्र जात्रा हाँस्य शैलीको गम्भीर विषयवस्तुको चलचित्र हो ।

काठमाडौंको भीडभाडयुक्त असन बजार क्षेत्रमा बस्दै आएका तीन युवाहरुको दैनिकीमा आधारित यो चलचित्रलाई गम्भीर विषय भएर पनि रसिलो प्रस्तुतिले बोझिलो लाग्न दिदैन । जात्राले नेपालमा राम्रो व्यवसाय गर्नुको साथै दर्शक र क्रिटिक्सबाट समेत सकरात्मक फिडब्याक प्राप्त गरेको छ ।

रवीन्द्रसिंह बानियाँ,विपिन कार्की,रवीन्द्र झा र वर्षा राउतको मूख्य भूमिका रहेको चलचित्र जात्रा हेर्न मेलबर्नका दर्शकहरु पनि उत्साहित रहेको आयोजक एविसिडी अष्ट्रेलियाले जनाएको छ । फिल्म जात्राको टिकट अग्रीम बुकिङको समेत व्यवस्था गरिएको छ भने टिकट मूल्य २५ डलर रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments