मेलबर्न । अष्ट्रेलिया भिक्टोरिया सरकारले नयाँ वर्षदेखि लागू हुने गरि सार्वजनिक सवारी साधानको भाडादर बढाउने निर्णय गरेको छ ।

यहाँको सरकारले सार्वजनिक ट्रेन,ट्रम र बसमा प्रयोग हुने मियकी फेयरमा वृद्धि गरेको हो । यो वृद्धिदर पछि अब प्रति यात्रुले वार्षिक झण्डै एक सय डलर बढी भाडा तिर्नुपर्ने बताइएको छ ।

भिक्टोरिया सरकारले हाल कायम रहेको भाडा दरमा ५ दशमलव १ प्रतिशतले वृद्धि गर्न लागेको हो । जस अनुसार अब २ घण्टाको भाडा ४.१० डलर र दैनिक ८.२० डलर लाग्नेछ । हरेक वर्ष सार्वजनिक सवारीको भाडामा वृद्धि गर्दै आएको यहाँको सरकारले सन् २०१४ देखि यता मात्रै १५ दशमलव ५ प्रतिशतले भाडा दर बढाएको छ । पछिल्लो चार वर्षमा यसपटक सबैभन्दा धेरै प्रतिशतले भाडा दर बढेको हो ।

तर बालबालिका भएका परिवार र युवाहरुलाई भने राहत हुने भएको छ । किनभने ४ वर्षमूनिका बालबालिकाहरुलाई निशुल्क यात्राको व्यवस्था यथावत छ । यस्तै ५ देखि १७ वर्ष सम्मकाहरुलाई मात्र विशेष छुटको व्यवस्था हुँदै आएकोमा अब १८ वर्षसम्मकाले विशेष छुट पाउने भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments