काठमाडौं । वरिष्ठ गायिकाद्वय ज्ञानु राणा र मिरा राणालाई “नारायणगोपाल स्मृति सम्मान २०७३“ द्वारा सम्मान गरिने भएको छ ।

स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको २६ औं बार्षिक स्मृतिमा यहि मङ्सिर १९ गते सम्मान गर्न लागिएको नारायणगोपाल संगीत कोषले जनाएको छ । कार्यक्रममा हरेक बर्ष झैं यस बर्ष पनि ख्यातिप्राप्त कलाकार एवं नयाँ कलाकारहरुले स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यका अजम्बरी गीतहरु प्रस्तुत गर्नेछन् ।

स्मृति दिवसमा नेपाल कला संस्कृति विकास केन्द्र, भ्वाइस आर्ट एकेडेमीको आयोजनामा तथा नेपाल समाज सेवा महिला संघको सह–आयोजनामा एक भव्य सांगीतिक कार्यक्रम समेत हुदैछ ।

उपराष्ट्रपति नन्दबहादुर पुनको आतिथ्यमा हुने उक्त कार्यक्रममा स्वरसम्राट नारायणगोपाल गुरूवाचार्यको गीति संग्रह स्वरलिपि किताबको समेत बिमोचन गरिने कार्यक्रमका संयोजक एवं नेपाल कला संस्कृति विकास केन्द्रका अध्यक्ष नवराज लामाले जानकारी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments