काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकको विरोध गर्दै व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ ।

संसदको बिहीबारको बैठक सुरु भएलगतै एमाले उपाध्यक्ष बामदेव गौतमले विशेष समय लिएर बोल्दै संशोधनको विरोध गर्नुभयो ।

सरकारले संविधानको उल्लंघन गर्दै सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक ल्याएको उहाँको आरोप छ ।

गौतमले बोलेलगत्तै एमाले, जनमोर्चा र नेमकिपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । सभामुख ओनसरी घर्तीले बैठक अवरुद्ध नगर्न पटक(पटक आग्रह गरे पनि आसन ग्रहण नगरेपछि बैठक शुक्रबार दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको छ ।

Comments