मेलबर्न । कुनै पनि देश वा समुदायको वास्तविक पहिचान भनेको भाषा हो । तर बढ्दो विश्वव्यापीकरणले गर्दा अहिले भाषामाथिको अतिक्रमण बढ्दो छ । विशेष गरि अँग्रेजी भाषाको बढ्दो प्रभावले नेपाली भाषा समेत लोप हुने खतरा बढेको छ । अझ विदेशमा रहेका वा जन्मिएका निकै न्यून बालबालिकाहरुले मात्र नेपालको राष्ट्रिय भाषा नेपाली बोल्ने गर्दछन् ।

यही कुरालाई मध्यनजर राख्दै नयाँ पुस्तालाई नेपाली भाषाप्रतिको प्रेम र ज्ञान बढाउने उदेश्यले अष्ट्रेलियाको मेलबर्नमा बालबालिकाहरुका लागि नेपाली भाषाको कक्षा सञ्चालन हुने भएको छ । नेप्लीज एसोसियसन अफ भिक्टोरियाको सहयोगमा मेलबर्न नेप्लीज कम्युनिटी वेष्टले बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन बाल चौतारी वेष्टको आयोजना गर्न लागेको हो ।

आगामी डिसेम्वर ३ मा टार्नेट कम्युनिटी लर्निङ सेन्टरको सभाकक्षमा हुने बालचौतारी वेष्टमा बालबालिका र अभिभावकहरुलाई एक ठाउँमा राखि अन्तर्क्रियात्मक छलफल गरिने आयोजकले जनाएको छ ।

मेलबर्नको पश्चिमी क्षेत्रमा नेपाली बालबालिकाहरुको संख्या बढेकोले सन् २०१७ को जनवरी महिनाबाटै नेपाली भाषाको कक्षा बालचौतारी वेष्ट शुरु गरिने आयोजकले जनाएको छ । त्यसै विषयमा नेपाली परिवारहरुसँग छलफल र अन्तक्र्रिया गर्न लागिएको हो ।

bal-chautari

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments