मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायका क्रिकेट प्रतिभाहरु जन्माउने उदेश्यले बालबालिकाहरुका लागि विशेष क्रिकेट तालिम सञ्चालन हुने भएको छ ।

बिगत ५ बर्षदेखि भिक्टोरियामा क्रिकेट खेलको बिभिन्न गतिबिधिहरु सन्चालन गर्दै आएको दि हिमालयन क्लबले मिलो इनटु क्रिकेट MILO in2CRICKET नामक तालिम सञ्चालन गर्न लागेको हो । तालिम यही आउँदो आइतवार अर्थात ४ डिसेम्वरदेखि शुरु हुनेछ ।

बालबालिकाको लागि क्रिकेट सम्बन्धी आधारभूत सिप विकासको लागि यो तालिम अत्यन्तै प्रभावकारी हुने आयोजकको दाबी छ । त्यसैले तालिममा आफ्ना बालिबालिकाहरुलाई सहभागी गराउँन सम्पूर्ण अभिभावकहरुलाई आग्रह गरिएको छ ।

तालिम प्रत्येक आईतवार बिहान ९ बजे देखि १०ः३० बजे सम्म TW Blake Park, Preston मा हुनेछ भने कार्यक्रम आठ हप्ता सम्म सन्चालन हुनेछ । यसको लागि अनलाइन मार्फत रजिस्टर गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।

भिक्टोरियाका नेपाली समुदायकाअत्यन्तै प्रभावशाली क्रिकेटर तथा दि हिमालयन क्लबका कप्तान सुनाम गौतम र MILO in2CRICKETका संयोजकद्धय तारा गैरे र सन्तोष बस्ताकोटीले बालबालिकाहरुलाई प्रशिक्षण दिनुहुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments