मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा जारी जिएनसीभी सकर लिग २०१६ को उपाधि भिडन्त यही आउने आइतवार हुने भएको छ ।

गोरखा नेप्लीज कम्युनिटी भिक्टोरियाको आयोजनामा भैरहेको जिएनसीभी सकर लिग २०१६ को उपाधिका लागि मेलबर्नका दुई प्रतिष्ठित क्लब युनाइटेड फुटबल क्लब र यति फुटबल क्लब आमने सामने हुने भएका छन् । त्यसैले फाइनल भिडन्त निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

फाइनल खेल ४ डिसेम्वर आइतवारका दिन वालेस रिजर्भको मैदानमा हुँदैछ ।

सोही दिन तेस्रो स्थानका लागि मेलबर्न लयन्स र भुटानीज थण्डर ड्रागनबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानको खेल विहान १० बजेदेखि शुरु हुनेछ भने त्यस लगत्तै युनाइटेड र यतिबीचको रोमाञ्चक फाइनल भीडन्त हुनेछ ।

साथै बाल खेलाडीहरुबीचको किड्स ५ ए साइड खेल पनि आइतवार सोही स्थानमा सम्पन्न गरिने भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments