काठमाडौं । ट्याक्सी चालकबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो बढेपछि सरकारले ट्याक्सीमा ‘प्रिन्टर मेसिन’ जडान गर्ने भएको छ।

नेपाल नापतौल तथा गुणस्तर विभागका अनुसार मंसिर महिनाबाटै ट्याक्सीमा प्रिन्टर मेसिन जडान कार्य सुरु हुनेछ। ‘आफ्नो ट्याक्सीमा प्रिन्टर जडान गर्न व्यवसायी पनि इच्छुक छन्,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘प्रिन्टर मेसिन जडान गर्न आवश्यक पर्ने सहयोगका लागि सरकार समेत तयार रहेको छ।’

ट्याक्सीमा प्रिन्टर मिटर राख्ने विषयमा व्यवसायी र सरकारबीच विभिन्न चरणमा छलफल समेत भइसकेको छ। आगामी मंसिर २२ गते हुने छलफलबाट पहिलो चरणमा कति ट्याक्सीमा प्रिन्टर मेसिन राख्ने विषयमा अन्तिम टुंगो लाग्ने महानिर्देशक पुडासैनीले जानकारी दिए।

‘ट्याक्सीको मिटर राखिएकै ठाउँमा प्रिन्टर मेसिन राखिन्छ,’ उनले भने, ‘त्यसका लागि व्यवसायी साथीहरू पनि सहमत भएका छन्।’ आपूर्ति मन्त्रालयको निर्देशन पछि विभागले यस्तो कार्य अघि बढाएको हो। उनका अनुसार पहिलो चरणमा एक सय वटा ट्याक्सीमा प्रिन्टर मेसिन राख्ने तयारी गरेको हो। तर, त्यो नै अन्तिम हैन। व्यवसायीबीच छलफल गरेर निर्णयमा पुग्ने विभागको तयारी छ।

पुडासैनीका अनुसार प्रिन्ट गर्दा निस्किने ‘स्लीप’मा चालकको नाम, ठेगाना, कुन ठाउँदेखि कुन ठाउँसम्मको यात्रा र लाग्ने शुल्क समेत तोकिएको हुन्छ। ग्राहकले भाडा तिरेपछि त्यसमा सम्पूर्ण विवरण आउने र यदि आपूm ठगिएको शंका लागेमा तिरेको ‘रिसिप’ ट्राफिक प्रहरीसमक्ष उजुरी गर्न सकिने व्यवस्था हुन्छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Please follow and like us:

Comments