मोरङ । जनताको इच्छा विपरित सरकारले ल्याएको संविधान संशोधन विधेयक असफल हुने धारणा नेपाली कांग्रेस तथा माओवादी केन्द्रका वरिष्ठ नेताहरुले व्यक्त गरेका छन् । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संशोधन विद्येयकमा आफुहरुको समर्थन नरहने प्रष्ट पार्नुभएको हो ।

बुधवार विराटनगरमा संचारकमीहरुसंग नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकारले ल्याएको संसोधन विधेयकमा आप्mनो समर्थन नरहेको प्रष्ट पार्नुभयो । उहाँले सम्बन्धित प्रदेशका जनता तथा नेता कार्यकर्ता मात्र नभई असन्तुष्ट दलहरु समेत सहमत नभएकाले असफल हुने बताउनु भयो । उहाँले ९० प्रतिशतको समर्थनमा बनेको संविधानलाई समर्थन नै घट्ने गरी विवाद ल्याउनु गलत भएको टिप्पणी गर्दै प्रमुख राजनैतिक दलहरुविच सहमति गर्न आर्गह गर्नुभयो ।

सत्तारुढ दल माओवादी केन्द्रका नेता एवम् पूर्व उर्जा मन्त्री टोपबहादुर रायमाझीले सरकारले राजनैतिक समझदारी, छलफल र सम्वाद विना नै संविधान संशोधन विधेयक ल्याएकाले कुनै पनि हालतमा पास नहुने दावी गर्नुभयो । उहाँले कसै संग सहमत नगरी ल्याएको संशोधन विधेयकले जनताको र पार्टीको हित नगर्ने पनि प्रष्ट पार्नुभयो ।

नेता रायमाझीले संशोधन विधेयकले द्वन्द्व र मुठभेड जन्माउने भएकाले विधेयक तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिनु भयो । उहाँले ५ नम्बर प्रदेश टुक्र्याउने कार्यले स्थानीय जनता र नेता कार्यकर्ताहरु असन्तुष्ट रहेको जानकारी दिदै संशोधन विधेयक फेल गराउन लागिपर्ने बताउनु भयो । दुवै नेताले सरकारले ल्याएको संविधान संसोधन विधेयक अपरिपक्व र छलफल नगरी ल्याएको हुनाले कुनैपनि हालतमा सफल नहुने धारणा राख्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments