काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चैतको अन्तिममा वा वैशाखको सुरुमा स्थानीय तहको चुनाव गर्ने प्रस्ताव चार दलका शीर्ष नेताहरुसँग राख्नुभएको छ ।

संविधान कार्यान्वयनको लागि स्थानीय निकायको निर्वाचन तोकिएको समयमा नहुने भएपछि प्रधानमन्त्री दाहालले समय सार्ने प्रस्ताव राख्नुभएको हो ।

संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रधानमन्त्री दाहालले चार दलका शीर्ष नेताहरुको वैठक डाक्नुभएको थियो । बैठकमा प्रधानमन्त्री दाहालले पुरानै संरचना अनुसार स्थानीय निकायको चुनाव गर्ने कि पुनर्संरचना अनुसार स्थानीय तहको निर्वाचन गर्ने भन्ने बारेमा दलहरुको धारणा माग गर्नुभएको माओवादी नेता नारायणकाजी श्रेष्ठ जानकारी दिनुभयो ।

बैठकमा एमालेले भने संविधान संशोधन प्रस्ताव दर्ता गरि चुनावको कुरा गरेर प्रधानमन्त्री उल्टो गतिमा हिँडेको आरोप लगाएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमाले उपाध्यक्ष भीम रावलले निर्वाचनको घोषणा गरेर मात्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको भए सजिलो हुने बताउनुभयो ।

उहाँले अहिलेको संविधान संशोधन प्रस्तावको समर्थन नगर्ने तर चुनाव गर्ने हो भने चुनावमा जान एमाले तयार रहेको रावलले बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments