काठमाडौं । सरकारले मधेशी मोर्चाको माग सम्बोधन गर्ने नाममा संविधान संशोधन गर्ने उद्धेश्यले संसद सचिवालयमा दर्ता गराएको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका भातृ संगठनहरुले देशभर प्रदर्शन गरेका छन् । उनीहरुले बुधवार काठमाडौ सहित काभ्रे,भैरहवा,अर्घखाँची,गुल्मी,दैलेख लगायतका जिल्लाहरुमा विरोध प्रदर्शन गरेका हुन् ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु र युवा संघले प्रदेशको विषय र संशोधनको विषयलाई लिएर काठमाडौंको नयाँ वानेश्वरमा प्रदर्शन गर्दै एउटा सरकारी गाडीमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले बानेश्वर चोकमा बा १ झ ८११३ नम्बरको गाडी तोडफोड गरेका हुन् । प्रदर्शनकारीले सडकमा टायर बालेर नै प्रदर्शन थालेपछि माइतीघर–तीनकुने सडक खण्डको सवारी आवतजावतमा समस्या उत्पन्न भएको थियो । नयाँ बानेश्वर चोकमा भएको विरोधका कारण माइतीघर तिनकुने सडकमा सवारी आवागमन प्रभावित भएको थियो । काठमाडौँ लगायत मुलुक भर संशोधनको विरोध चुलिँदो छ ।

दैलेख बन्द :

दैलेख जिल्लामा निकै शान्तिपूर्वक टुंगिएको सिमाकंनको विषय अहिले फेरि बल्झिएको छ । सरकारले प्रदेश टुक्र्याउन संविधान संशोधन विद्येयक संसदमा दर्ता गरेको विरोधमा दैलेखवासीले दैलेख बन्द गराएका छन् ।

८ गाउपालिका बनाउँदा कुनै बिवाद नभएको दैलेखमा अहिले ११ वटा गाउँपालिका बनाउने प्रस्तावले विवादित बनेको छ । सरकारको संशोधन प्रस्तावले दैलेखबासी आक्रोशित भएका छन् भने अहिले बिभिन्न मागहरु राख्दै पाँचवटा समूहरुले आन्दोलनमा उत्रिएका छन । कोही गाउँपालिकाको माग गर्दै संगठित भएका छन् भने केहीले भने नगरपालिकामै बस्न पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् ।

यसअघि कात्तिक २० गते अन्तिम समयमा गरेको निर्णयको स्थानीयले विरोध गरेपछि दलहरुले निर्णय सच्चाएका थिए । सीमांकनकै विषयले दैलेख एक सातादेखि तनावमा छ । दिनहुँ जिविस घेराऊदेखि, यातायात बन्द र बिज्ञप्ति मार्फत चेतावनी दिने जस्ता आन्दोलनहरु निरन्तर गरिरहेका छन् । गत मंसिर ८ गते सर्वदलीय बैठक बसेर माग सम्बोधन गरिने आश्वासन पाएको भएपनि पुनः आफुहरुको मागको सुनुवाई नभएकोले थप आन्दोलन सुरु गरिएको स्थानीयले बताएका छन । गौरी, कालभैरव र मालिकासँगै जोडिएको अर्को गाविस गमौडीले भने हालको दुल्लु नगरपालिका भित्रकै ईकाईमा बस्ने भन्दै निर्णय नसच्याउन आग्रह गरेका छन् । ०००

बनेपामा मसाल बालियो :

सरकारले एक पक्षीय रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको विरोधमा काभ्रेमा विरोध प्रदर्शन गरिएको छ । प्रदेश नंम्बर ५ को पहाडी जिल्लालाई तराईबाट अलग गर्दै संविधान संसोधनको विधेयक दर्ता गराएको बिरोध गर्दै काभ्रेमा एमाले निकट अनेरास्ववियु र युवा संघले काभ्रेको प्रमुख व्यापारिक नगर बनेपामा मसाल जुलुस निकालेका छन् ।

सरकारले मंगलवार राती दर्ता गराएको संविधान संसोधन प्रस्ताव राष्ट्रघाती कदम भएको भन्दै दुबै संगठनले संयुक्त रुपमा मसाल जुलुस आयोजना गरेका हुन् । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य जेनिश लामाले संसोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै आन्दोलन गरेको बताउँनुभयो । एमालेले संसोधन प्रस्ताव बिरुद्ध डटेर लड्ने उहाँले बताउनुभयो ।

ठूलो संख्यामा प्रहरी परिचालन भएपनि प्रहरीलाई छिचोल्दै अखिल र युवा संघका कार्यकर्ताले चारदोवाटोसम्म मसाल जुलुस प्रदर्शन गरेका थिए । मसाल जुलुसपछिको कोण सभालाई अनेरास्ववियुका जिल्ला अध्यक्ष हरिश्चन्द्र घिमिरे, युवा संघका अध्यक्ष होमप्रसाद चौलागाई लगायतले सम्बोधन गरेका थिए ।

भक्तपुरमा पनि विरोध :

सरकारले संविधान संशोधन दर्ता गरेको विरोधमा नेपाल मजदुर किसान पार्टीको भातृ संगठनहरुले भक्तपुरमा प्रदर्शन गरेका छन् ।

देशहित बिपरीत संविधान संशोधन प्रस्ताव फिर्ता गर भने नारा सहित नेमकिपाका भातृ संगठनहरुले बुधवार भक्तपुरमा बिरोध जुलुस निकालेका हुन् । नेपाल क्रान्तिकारी बिद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघले अयोजना गरेको जुलुस भक्तपुरको च्याम्हासींहबाट शुरु भई दतात्रयी ,टौमढी, हुदै सुर्यबिनायक चोकमा पुगी सभामा परिणत भएको थियो । विरोध जुलुससंगै केहीबेर भक्तपुरको सुर्यविनायक क्षेत्रमा चक्काजाम समेत गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Please follow and like us:

Comments